युवा उद्यमी तथा समाजसेवी सनोज पौडेलको व्यवस्थापन तथा ज्ञानेन्द्र पाण्डेको प्राविधिक सहयोग

रायुजा संवाददाता
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित हाम्रो टोल विकासमा स्यानिटाइज स्प्रे छिटिएको छ ।
इटहरी उपमहानगरपालिकाले सबै वडाहरुमा कोभिड–१९ कोरोना भाइरस संक्रमणबाट समुदायलाई सुरक्षित राख्न स्यानिटाइज गर्ने प्रक्रिया अन्तर्गत हाम्रो टोल विकासमा समेत स्यानिटाइज स्प्रे छिटिएको टोल विकास संस्थाका अध्यक्ष दिनेश रसाइलीले बताए ।
रसाईलीका अनुसार स्यानिटाइज गर्ने सम्पूर्ण सामग्री, केमिकल, माक्स र स्यानिटाइज गर्ने प्राविधिकका लागि पीपीईसमेतको सम्पूर्ण सामग्री उक्त टोल विकास संस्थाका युवा यद्यमी तथा समाजसेवी सनोज पौडेलले उपलब्ध गराएका हुन् ।
टोल विकास संस्थाले निर्माण गरेका ५ वटा गेट मध्ये १ नम्बर गेटबाट स्यानिटाइजको सुरुवात गर्दै अध्यक्ष रसाइलीले उक्त मानव धर्मका निम्ति रोग लाग्नबाट समाजलाई बचाउन निःशुल्क रुपमा सामग्री उपलब्ध गराउने पौडेलसहित उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए । सो कार्यक्रमको उद्घाटन जेष्ठ नागरिकको हैसियतबाट रामचन्द्र आचार्य र दाता पौडेलले संयुक्त रुपमा गरेका थिए ।