मोरङमा भदौ २८ सम्म निषेधाज्ञा भए पनि व्यापार व्यवसाय ७ बजेसम्म सञ्चालन हुने

42

रायुजा संवाददाता
काठमाडौं, २३ भदौ २०७७ । मोरङ जिल्ला प्रशासन कार्यालयले मोरङ जिल्लामा भदौ २८ गतेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको छ ।
निषेधाज्ञालाई खुकुलो बनाउँदै व्यापार, व्यवसाय बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने अर्को सूचना नभएसम्म सञ्चालन नआउने जिप्रका मोरङले जनाएको छ ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएको तथा लकडाउनरनिषेधाज्ञाले सर्वसाधारणको जीवनयापनमा कठिनाई भएकोले जीवनयापन सहज बनाउने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन् । यसअघि भदौ ५ गतेबाट जारी निषेधाज्ञा ३ पटक थप हुँदै सोमबार राती सम्मकालागि जारी गरिएको थियो ।
निषेधाज्ञा अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, गुद्री, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खोल्न दिईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाईएको छ । होटल र रेष्टुरेन्टहरु पनि ग्राहक नराखी टेक अवे वा होम डेलिभरी गर्नेगरी सञ्चालन गर्न पाउने भएका छन । सिटी रिक्सा जोर विजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने तर यात्रु २ जनामात्र चढ्ने पाउने छन् । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालनगर्न पाउने निर्णय गरिएको छ ।