मोरङबाट ८० जनामा विराटनगर महानगरका ७० जना, सुनसरीका ६० जना मध्ये धरान र इटहरीका समान २२ जना थप

रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर, २४ भदौ २०७७ । १ नम्बर प्रदेशमा १ सय ५५ जना कोरोना संक्रमित थपिएको मध्ये मोरङबाट ६० जनामा विराटनगर महानगरपालिका क्षेत्रबाट ७० जना थपिएका छन । यता सुनसरीबाट थपिएका ६० जना मध्ये इटहरी र धरानबाट समान २२ जना कोभिड–१९ संक्रमित बुधबार थपिएका छन् ।
सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले जनाए अनुसार अनुसार मोरङबाट ८०, सुनसरीबाट ६०, भोजपुरबाट ५, धनकुटाबाट ४, झापाबाट ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३० महिला र ४० पुरुष गरि कुल ७० जनामा संक्रमित थप भएका छन् ।
त्यसैगरी मोरङको लेटाङ नगरपालिकामा १ महिला ३ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचा नगरपालिकामा समान १ पुरुष, ग्रामथान गाँउपालिकामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाबाट समान १३ महिला ९ पुरुष, गरी २२÷२२ जना, इनरुवा नगरपालिकामा ४ महिला १२ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ।
पहाडी जिल्ला भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
झापाको कमलगाउँपालिका र कनकाई नगरपालिका समान १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलामा समेत संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ।
अर्कोतर्फ, प्रदेशबाट ३६ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन । निको हुनेमा धनकुटास्थित जिल्ला अस्पतालबाट १४, मोरङको धनपालथान गाँउपालिकास्थित जीवन विकास आधारभुत विद्यालयबाट १३, संखुवासभाको जिल्ला अस्पतालबाट ५ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ।