रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर–२५ भदौ २०७७ । गएका दिनहरुको तुलनामा आज (बिहीबार) १ नम्बर प्रदेशमा निकै कम संक्रमित पुष्टि भएका छन् । तथापि आज प्रदेशमा ८६ जना संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार आज सुनसरीबाट २३, संखुवासभाबाट २२, मोरङबाट १६, झापाबाट १२, पाँचथरबाट ४, भोजपुरबाट ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरबाट समान २ जनामा संक्रमण पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा ८ महिला ६ पुरुष, दुहवी नगरपालिकामा १ महिला ३ पुरुष, बराहक्षेत्र नगरपालिकामा ३ पुरुष, धरान उपमहानगरपालिका र बर्जु गाँउपालिकामा समान १ पुरुष संक्रमण देखिएको हो।
त्यसैगरि, संखुवासभाको खाँदबारी नगरपालिकामा २० पुरुष, सिलिचोङ गाँउपालिकामा १ पुरुष, चिलिला गाँउपालिकामा १ महिलामा समेत संक्रमण पुष्टि भएको छ।
मोरङको विराटनगर महानगरपालिकामा २ महिला ४ पुरुष, रतुवामाई नगरपालिकामा ३ महिला २ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा १ महिला १ पुरुष, कटहरी गाँउपालिका र सुनबर्षी नगरपालिकामा समान १ पुरुष र रंगेली नगरपालिकामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि, झापाको शिवसताक्षी नगरपालिकामा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशी गाँउपालिकामा समान १ पुरुष, दमक नगरपालिकामा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ।
पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिकामा २ पुरुष, मिक्लाजुङ गाँउपालिकामा १ पुरुष, फालेलुङ गाँउपालिकामा १ महिला, भोजपुरको ट्याम्केमैयुङ गाँउपालिका, भोजपुर र षडानन्द नगरपालिकामा समान १ पुरुष, उदयपुरको त्रियुगा नगरपालिकामा २ पुरुष, ईलामको चुलाचुली गाँउपालिकामा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको छ। आज प्रदेशमा ५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना जित्नेको संख्या १ हजार ९ सय ५३ पुगेको छ।