१ नम्बर प्रदेश, विराटनगर–२६ भदौ २०७७ । १ नम्बर प्रदेशमा बिहीबार आएको कोरोनाको तथ्या्कले प्रदेशबासीलाई निकै ठूलो हौषला थपेको थियो, खुशी तुल्याएको थियो कि अब कोरोना संक्रमण घट्ने रहेछ तर त्यो आज शुक्रबार नै गलत सावित भयो । विगत भन्दा निकै कम देखिएको कोरोना संक्रमण फेरी आज शुक्रबार बढेर आएको छ । आज १ नम्बर प्रदेशमा कोभिड–१९ कोरोना भाइरसबाट संक्रमण हुने १ सय २१ जना थप भएका छन् ।
थप भएका संक्रमितहरु मोरङगबाट ४७, सुनसरीबाट ४५, झापाबाट १४, संखुवासभाबाट १२, उदयपुरबाट १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालय १ नम्ब प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ जनामा संक्रमण देखिएको छ। जसमा १२ महिला र २० पुरुष रहेका छन्।
यसैगरी, मोरङको धनपालथान गाँउपालिकामा १ महिला ८ पुरुष, रंगेली नगरपालिकामा २ पुरुष, ग्रामथान गाँउपालिकामा १ महिला १ पुरुष, सुनबर्षी नगरपालिकामा १ पुरुष, बुढीगंगा गाँउपालिकामा १ महिलाको रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिकामा ३ महिला २० पुरुष, दुहवी नगरपालिकामा ७ महिला १ पुरुष, इटहरी उपमहानगरपालिकामा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवा नगरपालिकामा २ पुरुष र गढी गाँउपालिकामा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
झापाको दमक नगरपालिकामा ६ महिला ३ पुरुष, मेचीनगर नगरपालिकामा १ महिला १ पुरुष, विर्तामोड नगरपालिकामा १ महिला १ पुरुष, कनकाई नगरपालिकामा १ महिलामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि, पहाडी जिल्ला संखुवासभाको चैनपुर नगरपालिकामा १ महिला १० पुरुष, धर्मदेवी नगरपालिकामा १ पुरुष, उदयपुरको चौदण्डीगढी नगरपालिकामा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा ४ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यसैगरि, प्रदेशमा आज ६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १६, झापाको मेची अस्पतालबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रलयले जनाएको छ। प्रदेशमा हालसम्म २ हजार १९ जना संक्रमित निको भएकाछन्।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ जना संक्रमितको उपचारका क्रममा निधन भएको छ।हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४४ पुगेको छ।