चिरञ्जीवि तिम्सिना
कतार । साहित्यिक क्षेत्रबाट प्रवासमा रहेका प्रतिभाहरुको खोजि तथा भाषा साहित्यको उत्थानका निम्ति स्थापित नवोदित साहित्यिक वाचनालय कतारले १२ औं अधिवेशन सम्पन्न गरेको छ ।
सोही अधिवेशनले गजलकार चक्र कार्कीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।
चयन भएका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष टिका खड्का (रास्ट्रप्रेमी), द्वितीय उपाध्यक्ष रुप रसाईली, मोबाइल पुस्तकालय ः दीप प्रदिप कुमार, महासचिव ः महेन्द्र खड्का, सचीव ः नारायण भण्डारी, कोषाध्यक्ष ः शेखर बस्नेत र सह कोषाध्यक्षमा बिन्दा लामा निर्विरोध चयन भएका हुन् । यसैगरी सदस्यहरुमा सुरेश परियार, सुरेशमान रुम्बा, सानु थपलिया, राम अधिन सम्भब र कमेन्द्र शाही रहेका छन् ।
नयाँ टिमलाई बधाईसहित सहयोग पु¥याउने सम्बद्ध सबैलाई धन्यवाद दिँदै निवर्तमान अध्यक्ष दिलिप परालुलीले भने–प्रवासमा रहेर नेपाली भाषा र साहित्यको उत्थानमा लागि परेको साहित्यिक सस्था नवोदित साहित्यिक वाचनालयले बिभिन्न आरोह अबरोह पार गर्दै आजसम्म आई पुग्दा बिभिन्न उतार चाढाबहरु पार गरेको छ । स्थापना काल देखी अहिलेसम्म संस्था सञ्चालन गर्दा सहयोग पु¥याउने अग्रज प्रति नमनसहित कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न हरपल सहयोग गर्ने अनेसास कतार च्यापटरका अध्यक्ष मित्र सिताराम थापा प्रती ऋणी रहेको उल्लेख गरेका छन् । निवर्तमान अध्यक्ष पराजुलीले नेपालमा रहेर पनि सस्थालाई उत्तिकै माया गर्ने नवोदितका पुर्व अध्यक्ष ईन्द्रमणी नेपाल, पूर्व अध्यक्ष दीप मिलनलाई सस्थाले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको बताए ।
सस्थामा हरपल सुझाब, सल्लाह र हौसला दिनुहुने सम्पूर्ण सल्लाहकार, कार्यसमितीका पदाधिकारी, तथा सस्थामा लागेका साहित्यिक मनहरुहरुलाई धन्यवाद दिएका छन् ।