१ नम्बर प्रदेश, विराटनगर । १ नम्बर प्रदेशमा सोमबार ८७ कोरोना संक्रमित थपिएका छन भने कोरोना जितेर १५ डिस्चार्ज भएका छन् ।
थपिएका संक्रमितहरु सोमबार मोरङबाट ५५, सुनसरीबाट २४, झापाबाट २ , उदयपुरबाट १ र प्रदेश १ बाहिरबाट ५ जना रहेको १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थप भएका संक्रमितमध्ये विराटनगर महानगरपालिकाबाट १ महिला १३ पुरुष गरि १४ जना रहेका छन् । मोरङको कटहरी गाँउपालिकामा २ महिला १३ पुरुष, बुढीगंगा गाँउपालिपकामा ५ महिला ८ पुरुष, ग्रामथान गाँउपालिकामा २ महिला ५ पुरुष, रतुवामाई नगरपालिकामा ३ पुरुष, जहदा गाँउपालिकामा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले प्रस्टाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा १ महिला १३ पुरुष, धरान उपमहानगरपालिकामा २ महिला २ पुरुष, इटहरी उपमहानगरपालिकामा २, भोक्राहानरसिंह गाँउपालिकामा २, दुहबी नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै झापाको कमल गाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ। यसैगरी प्रदेशबाट १५ ले कोरोना जितेर घर फर्किएका छन् ।
घर गएकाहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना र विराटनगरको न्यूरो अस्पतालबाट ७ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ।
सरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको हो। यसक्रममा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ महिला १३ पुरुष गरि १४ जनामा संक्रमण देखिएको छ।
अर्कोतर्फ, प्रदेशमा १५ संक्रमितले कोरोना जितेर घर गएका छन् । तिनीहरु मध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना र विराटनगरको न्यूरो अस्पतालबाट ७ जना डिस्चार्ज भई घर गएका हुन् । हालसम्म प्रदेशमा कोरोना जितेर घर जानेको संख्या २ हजार ७८ पुगेको छ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here