१ नम्बर प्रदेश, विराटनगर । कोभिड–१९ कोरोना भाइरस संक्रमणबाट विराटनगर महानगरपालिकाका नगरप्रमुख भिम पराजुलीका चालक संक्रमित भएपछि नगरप्रमुख सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
सोमबार मेयर पराजुलीले आफ्नै सवारी चालकमा संक्रमण पुष्टि भएपछि सुरक्षित रहनका लागि विराटनगरको जैन भवनमा क्वारेन्टिनमा बसेको बताएका छन् ।
घरमा ८५ वर्षीया आमा र अन्य सदस्य रहेको कारण मेयर पराजुलीले केहीदिन जैन भवनमै रहने जानकारी दिए ।
आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल र सवारी चालकलाई संक्रमण पुष्टि भएपछि मेयर लगायत कर्मचारीले स्वाब नमूना परीक्षण गराएका थिए ।
प्रेस सल्लाहकार कौशल निरौलाका अनुसार मेयर पराजुलीसँगै केही स्वास्थ्यकर्मी तथा निजी सचिवालयका पदाधिकारी क्वारेन्टिनमा रहेका छन्। मेयरको रिर्पोट नेगेटिभ आएको छ । तर, सुनिश्चित हुनका लागि अर्को परीक्षण गर्नुपर्नेमा स्वास्थ्यकर्मीले सुझाव दिएसँगै उनी क्वारेन्टिनमा बसेका हुन्।
कोभिड १९ को संक्रमण विराटनगरमा बढ्दै गर्दा महानगरले विराटनगरका विभिन्न धार्मिक धर्मशाला तथा अतिथिगृहमा क्वारिन्टिन व्यवस्थापन गरेको थियो । त्यसैगरि सोमबार उद्योगी पवन सारडामा पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ । उनी घरमै सेल्फ आइसोलेसनमा रहेका छन् ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here