रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा गाउँ गाउँमा कांग्रेसलाइ क्रियाशिल गराउने र विश्व महामारी कोभिड–१९ विरुद्ध लडिरहेका जनतालाई सुरक्षित राख्न पार्टीका नेता तथा कार्यकर्ता गाउँ गाउँ पसेका छन् । जननायक विश्वेश्वर प्रसाद कोइरालको १०७ औं जन्म जयन्तिको अवसर पारेर पालिका क्षेत्रभित्र कोभिड–१ को त्रास मेटाउन तथा जनस्वास्थ्यप्रतिको पार्टीको चासो र चिन्तालाई ध्यानमा राखेर यतिखेर स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँ गाउँ पसेका हुन ।
सोही क्रममा १ नम्बर प्रदेशका विभिन्न पालिकाका वडा वडामा सेनिटाइज गरेर कोभिड–१९ कोरोना भाइरसबाट डराईरहेका जनतालाई विश्वस्त तुल्याउन सेनिटाइज भईरहेको नेपाली कांग्रेस इटहरी उपमहानगरका नगर सदस्य सनोज पौडेल बताउँछन् । पौडेलकै स्वास्थ्य सामग्री सहयोगबाट इटहरी र आसपासका विभिन्न पालिकाका वडाहरुमा सेनिटाइज भईरहेको छ ।
सोही क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. १० मा आयतबार सेनिटाइज गरिएको पौडेल बताउँछन् । उक्त वडाका सम्पुर्ण सार्बजनिक चौतारा, प्रकाशपुर बजार उराँव टोल, प्रहरी चौकी प्रकाशपुर बराहक्षेत्र १०, स्वास्थ्य चौकी , बराहक्षेत्र १० को कार्यालय लगायत स्थानीयको अत्यधिक भीडभाड हुने सम्पुर्ण स्थानहरूमा सेनीटाइज र प्रकाशपुर बजारमा माक्स वितरण गेर बीपी जयन्ती मनाइएको पौडेलले बताए । सो कार्यक्रममा तरुण दल र नेपाली विद्यार्थी संघ बराहक्षेत्रको सहभागिता रहेको थियो ।

नेपाली काङ्ग्रेस बराहक्षेत्र १० को फोटो।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here