रायुजा डेक्स
१ नम्बर प्रदेश, विराटनगर । मिनि नेपाल भनेर चिनिएको कतारमा रोजगारी गरिरहेका सुनसरीको बराहक्षेत्र नगरपालिका युवाहरुले सोही नगरपालिकाका मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । महेन्द्रनगर सुनसरी सेवा समाज कतारमा संगठित रुपमा रहेका ति युवाहरुले बराहक्षेत्र नगरपालिका वडा नं. ६ का स्थायी बासिन्दा दुर्गा प्रसाद सापकोटालाई आर्थिक सहयोग रकम निजको बैंक खातामार्फत पठाएको हुन् ।
बराहक्षेत्र नगरपालिकामात्र नभएर विपत्तिको बेलामा देशभरका कुनै पनि भुभागका निम्ति सामाजिक अभियानमा सक्रियतापूर्वक लाग्दै आएको र दीर्घ रोगी, दैविक विपत्ति मात्र होइन विद्यालयमा अध्ययनरत आर्थिक पहुँच नभएका बालबालिका र आर्थिक अवस्था कमजोर रहेका विद्यालयहरुमा समेत आवश्यकता अनुसारको सहयोग गर्दै आइरहेको संस्था हो । सोही संस्थाले लामो समयदेखि विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएका ५० बर्षिय देवकोटालाई मृगौला प्रत्यारोपण उपचार सहयोगको लागि संस्थाले २५ हजार रुपैयाँ पठाएको संस्थाले सामाजिक सञ्जालमा पोष्ट गरेको छ । देवकोटाले सुमेरु अस्पताल काठमाडौ , बि.पी.कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान र नोवेल अस्पताल बिराटनगरमा उपचार गर्दै आईरहेको जनाइएको छ । हाल नोवेल अस्पताल बिराटनगर मै नियमित डाइलिसस गर्दै आईरहेका देवकोटाको अब छिटै मृगौला प्रत्यारोपण गर्ने भएकोले उक्त रकम संस्थाका सल्लाहकार नारायण अधिकारीले निजको बैंक खातामा पठाई सकेको छ जानकारी दिएको छ । साथै संस्थाले बिरामीको जतिसक्दो चाडो सफल मृगौला प्रत्यारोपणका लागि शभकामना समेत व्यक्त गरेको छ ।

प्रवासमा रहेका नेपालीको देशको रेमिटेन्सको माध्यमबाट अर्थतन्त्रमा मात्रै योगदान छैन सामाजिक अभियानमा समेत उत्तिकै लागि परेका छन् । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएका प्रयत्नबाट वैदेशिक रोजगारीमा रहेका कति नेपालीको रोजगारी गुमिरहेको, कतिले तलब नपाईरहेको, कतिको आधा भएको र कतिले बिहान बेलुकाको छाक टार्न समेत धौधौ परिरहेको बेलामा गरिएका यस्ता सहयोग प्रशंसनीय सँधै रहनेछन् ।