कोभिड–१९ कहरमा नवदुर्गाको पुजा आराधना गरिँदै

30

रायुजा डेक्स
विराटनगर । शक्तिपिठहरुमा भक्तजनहरुलाई पुजापाठमा रोक लगाए पनि शक्तिपिठका पुजारी तथा घरघरमा आज बडादशैंको दोस्रो दिन नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको आस्था र विश्वासका साथ पूजा आराधना भएको छ ।
नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ ।
त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ ।
आइतवार दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको छ ।