कोभिड–१९ भाइरसप्रतिको वेवास्ताले श्रीमानको निधन, श्रीमति र एक छोरीको विचल्ली

71

इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमको पहलमा राति नै दाहसंस्कार


इटहरी । स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका निम्ति बनाएको पछिल्लो मापदण्डले काम नगरेपछि गरिबीकै कारणले एकजनाको ज्यान गएको छ ।
उपचारका निम्ति रकम अस्पतालमा जम्मा गर्न नसक्दा एक गरिब हलुवाई साह परिवारका अभिभावक (पुरुष) को निधन भएको हो । यो घटनाको विवरण थाहा पाएपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमको पहलमा नेपाली सेनाले राति ८ बजे दाहसंस्कार गरेको छ । सोही घटनाका सन्दर्भमा उपमेयर लक्ष्मी गौतमले आफ्नो फेसबुक स्टाटसमा लेखेको स्टाटसलाई जस्ताको तस्तै राखेका छौं ।
श्रीमान् साह हलुवाइ परिवारका श्रीमती दलित समुदाय कि । परिवारले स्वीकार नगरेर बिराटनगरमा घर भएका परिवार इटहरीमा डेरा गरि बस्तथे ।
श्रीमान् बिरामी भएपछि श्रीमतीले हस्पिटल लगिन हस्पिटलले पिसिआर चेक नगरी उपचार नहुने बतायो पिसिआर दिएर बस चडेर घर फर्किए । राती निकै सारो पारेछ ।
बिहान खाना खाएर बस चडेर फेरि हस्पिटल गएछ्न । हस्पिटलले रिपोर्ट पोजेटिभ छ उपचार को लागि ८० हजार जम्मा गर्नु भनेछ ।
उनिहरुले हामी गरिब मान्छे पैसा छैन भनेछ्न । हस्पिटल ले कोशी सरकारी हस्पिटल जानुस् भनेपछी पोजेटिभ रिपोर्ट बोकेर नोबेलबाट कोसि हस्पिटल तिर गएछ्न । रिक्सा हस्पिट को गेटबाट भित्र पस्ने बित्तिकै रिक्सामै बिरामी श्रीमान्को निधन भएछ ।
कारिब दिन्को २ बजेको रहेछ । एक्लि श्रीमती २ घन्टा सम्म श्रीमान्लाई समाएर रिक्सा मै बसिछ्न । प्रहरीहरु आए आफ्नो पालिकालाई भन्नुस शब ब्यबस्थापनको लागि उहाँबाट पहल गर्नुपर्छ भनेछन । श्रीमती ले आफै सुचना गर्न सकिनन ।हस्पिटल र प्रहरी मार्फत करिब ५ बजे तिर मैले सुचना पाए ।
सेनासँग समन्वय गरि शब ब्यबस्थापनलाई अनुरोध गरे । सेनाको टिमले राती गारो हुने हुनाले ५ बजेपछी हामी काम गर्दैनौ भोलि भन्यो । रिक्सामा बिजोग छ भनेर अनुरोध गरेपछी ८ बजे बेलुका शब ब्यबस्थापन भयो । श्रीमती बेलुका इटहरी कोठामा आइन् ।
कोठामा छोरी थिइन छोरीलाइ पनि बाबाको निधन सुनाउन सकिनन् घर बेटि लाई सुनाउदा घरमा बस्न नदेलान भन्ने डरले नसुनाएको रहेछ ।
भोलिपल्ट छोरी र घरबेटीलाई सुनाउनुस् भनेर सम्झाए । बस चडेर इटहरीबाट बिराटनगर गएका बिरामी को यसरी एकै छिनमा मृत्यु भयो । उन्कि श्रीमतीका अनुसार श्रीमानलाई केहि दिन देखि सामान्य ज्वरो आएको थियो । कमजोरी भएको थियो भन्छिन । खासै समस्या थिएन भन्छिन । कोरोनालाई लापरबाही नगरौ । केही समय बाच्ने मानिसको छिनभर मै ज्यान गएको छ ।