नेकपा बैठक एक महिना पछाडि धकेलियो

35

रायुजा डेक्स समाचार
विराटनगर । पटक पटक विभिन्न विवादमा फस्दै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पछिल्लो बस्ने भनिएको बैठक पुनः १ महिना धकेलिएको छ ।
सो पार्टीको यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण तत्काल बस्न नसक्ने जनाउँदै आगामी मंसिर १५ देखि १७ मा बैठक आयोजना गर्ने निर्णय भएको नेकपा केन्द्रीय कार्यालय सचिव द्वय ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
आसन्न महाधिवेशनमा केन्द्रीय रहने उक्त महत्वपूर्ण बैठक एकता महाधिवेशनका महत्वपूर्ण रहेको नेताहरुले बताएका छन् ।