सांकेतिक फाइल तस्बिर

रायुजा डेक्स समाचार
विराटनगर । मोरङको एक नगरपालिकाका वडा सदस्य करणी अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका वडा नं. ३ का वडासदस्य ३९ वर्षीया विनोद सिंह गनगाईले स्थानीय २५ वर्षीया एक महिलालाई जर्बजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ परेका हुन् । गनगाईले शुक्रबार फुलपातिको दिन साँझ ७ः३० बजे काम छ भन्दै धान खेतमा बोलाएर बोल्न, कराउन समेत नदिई लडाएर जर्वजस्ती करणी गरेको पीडित महिलाको आरोप रहेको प्रहरीलाई बताएको छ । गनगाईलाई प्रहरीले सोही रात करिब ११ बजे राती पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।