काठमाडौं । अमेरिकामा भईरहेको निर्वाचनबाट आफू हर्ने मनस्थितिमा पुगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प बैद्य र अवैद्य मतको गणनामा उत्रिएका छन् ।
निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको जिकिर गर्दै वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न खोजिरहेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गर्दै त्यस्तै परे आफू सर्वोच्च अदालत जाने र आफू विजयी बन्ने बताएका छन् । उनले डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए । उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।