रायुजा संवाददाता
संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली चाइनासँग जोडिएका सीमा किमाथाङ्का तथा अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षणका निम्ति संखुवासभा पुगेका छन् ।
संखुवासभामा प्रधानमन्त्री हेलिकप्टरबाट ओलिँदा रातो कार्पोट विच्छ्याइए पनि प्रधानमन्त्री ओली उक्त कार्पेटमा नटेकिी बाहिरिएका थिए ।
बुधबार बिहान काठमाडौंबाट किमाथाङ्का पुगेका ओली नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट किमाथांकादेखि मकालु गाउँपालिका(५ फाक्सिन्दास्थित अरुण तेस्रो विद्युत् आयोजनाको ड्याम साइटमा पुगेका हुन्। अरुण तेस्रोको अहिले भारतीय कम्पनीले निर्माण गरिरहेको छ। ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्या सिंह शाह पनि छन्।
उनीहरुसँगै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल प्रधानमन्त्रीको टोलीमा छन्।
नेकपामा तीव्र विवाद चलिरहेका बेला ओली संखुवासभा पुगेका हुन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले भोलिसम्म सचिवालय बैठक राख्न ओलीमाथि दबाब बढाएका भए पनि उक्त बैठक छल्ने कोशिसमा आरोप पनि लागेको छ ।