रायुजा डेक्स समाचार
विराटनगर । टाउकोदेखि पेटसम्म गाडिएको अवस्थामा फेला परेका एक शिशुको उद्दार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचार भईरहेको छ ।
सर्लाहीको बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा उक्त शिशु जिवित फेला परेको प्रहरीले बताएको छ ।
स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई पहिला राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको र त्यहाँबाट रेफर गरेर धरानस्थित बीपी पु¥याइएको गजेन्द्रनारायण अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिएका छन् । स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिए । प्रहरी नायब निरीक्षक यादवले शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको बताए ।