रायुजा डेक्स समाचार
विराटनगर । एसिड प्रहार गर्नेहरुका लागि भर्खरै कानुन बने पनि एसिड प्रहार गर्ने क्रम भने रोकिएको छैन । फेरी धनुषामा २६ वर्षीया युवतीमाथि एसिड प्रहारबाट घाइते भएकी छन् भने एसिड प्रहारको आशंकामा उनका श्रीमानलाई पक्राउ गरिएको छ ।
प्रहरीले शनिबार बिहान युवतीमाथि एसिड प्रहार गरेको आरोपमा उनका पति २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको हो।
जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर चार संकटमोचन स्कूल नजिक डेराबाट पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो। तीन वर्षअघि विवाह भएको उनको पति सँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्।