चित्त नबुझेका विषयमा अभिमत प्रकट गर्न (आयोजक जोकोही होस्) आयोजित आन्दोलनको यो स्वरुपले शासकलाई झस्क्याउनु पर्दछ । हिजोका लोकतान्त्रिक आन्दालनहरुमा पनि २ बाट ४, ४ बाट ८ हुँदै ०६२/०६३ मा सतप्रतिशत मानिसहरु जनताको जीवनस्तर माथि उठाउने सुशासन, न्यायका लागि आन्दोलन गरेका थिए । तर त्यो आन्दोलनको म्याण्डेट विपरित आवेगमा नेताहरुले संसदभवनभित्रको शक्ति देखाएर आफ्नो दादगिरी मार्फत एकाएक राजसंस्था र हिन्दु राज्य हटाएपछिको आक्रोस हो । यतिका वर्ष हुँदा पनि गरिब झन गरिब र धनी अझ धनी हुने अवस्था एकातिर देखियो भने अर्कोतिर नेताका आसेपासे मात्र मोटाउने परिपाटीले देश अझ ठूलो दलदलमा फसेको अवस्थामा यस्ता आन्दोलनको रुप अब फराकिलो हुनेमा शंका नगर्न र समयमै सोचेर निकास निकाल्न शासकको ध्यान केन्द्रीत होस् । राजावादी, हिन्दुवादी वा मधेसवादी र जनजातिवादी भनेर यस्ता मुद्दालाई किनारा लगाईयो र निकास दिन सकिएन भने देश अराजकतातिर जानबाट रोक्न बेलैमा गणतन्त्रवादीहरु तयार हुनुपर्ने देखिन्छ ।


नेपालमा २०६२/०६३ को आन्दोलनको सफलताबाट उत्तेजित भई आन्दोलनको म्याण्डेट बाहिर गएर राजसंस्था र हिन्दु राज्यको पहिचान मेटाएको आरोप लगाउँदै सोही स्थान स्थापनार्थ राजावादी तथा सनातन हिन्दुवादीहरु सक्रिय रुपमा लाग्दै आएका छन् । विभिन्न दल तथा समूहमा विभक्त भएका राजसंस्थासहितको हिन्दु राज्य स्थापनाका निम्ति सडकमा झरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र होइन शिव सेनासहित पछिल्लो समयमा यसलाई उत्कर्षमा पु¥याउन ‘वीर गोर्खाली’को समूहले विभिन्न अभियान चलाउँदै आएको छ । सोही समूहको अगुवाई तथा शिवसेनाको समन्वयात्मक साथ, सहयोग र सहभागीताबाट मोटरसाइकल ¥याली बिहिबार सम्पन्न भएको छ । सो ¥याली इटहरीबाट १ नम्बर प्रदेशको राजधानी विराटनगरसम्म पुगेको थियो । उक्त ¥यालीलाई देखेर गणतन्त्रवादीहरु नै अचम्मित परेका देखिन्थे । त्यो समूह कसरी र कहाँबाट भेला भयो, कोभिड–१९ को त्रास तथा चर्को घामको परवाह नगरी गणतन्त्रवादीहरुले सामान्य ठानेको त्यो ¥याली निकै ठूलो देखिएको थियो ।
राज्य सञ्चालनका क्रममा गणतन्त्रवादीहरुले गरेका गल्तिहरुलाई एक एक गरेर केलाउँदै आत्मालोचनासहित यि र यस्ता मुद्दाहरुलाई सच्याउने र संविधान संशोधन गरेर मुद्दा किनारा लगाउँदै साझा गणतन्त्र बनाउनेतिर लागेनन् भने सम्भवतः भोलिका दिनमा गणतन्त्र नेपालका लागि अफापसिद्ध हुने ¥यालीमा सहभागी शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कँडेल बताउँछन् ।
आन्दोलनबाट फर्केपछि इटहरीमा वीर गोर्खाली, शिवसेना नेपालले पत्रकार सम्मेलन गर्दै विराटनगरको मोटरसाइकल र्याली भब्य रुपमा सफल भएको जनाएका छन् । विराटनगर तथा अन्य ठाउमा भएका आयोजना गरिएका कार्यक्रमहरुमा देखिएको अपार जनसहभागीले देशमा राजसंस्था सहितको हिन्दु राज्यको पक्षमा जनमत बढ्दै गएको वीर गोर्खालीका अभियान्ता विक्रम पाण्डेले बताए । पाण्डेले तिहार र छैठ पछि पुनः विभिन्न कार्यक्रमहरु आयोजना गरि राजसंस्था र हिन्दु राष्ट पुर्नस्थापानाका लागि निरन्तरता दिइने जानकारीसमेत दिए ।


राष्ट्रवादी वीर गोर्खालीहरुले आयोजना गरेको इटहरीबाट विराटनगरसम्मको मोटरसाइकल ¥यालीमा हजारौंको सहभागिता देखियो । वीर गोखालीको यो अभियानमा यति ठूलो जनसहभागिता हुन्छ भनेर कसैले अन्दाजै गरेका थिएनन् । तर वीर गोर्खालीले ल्याएको उक्त अभियान अन्तर्गत आयोजित ¥यालीलाई सफल बनाउन शिव सेनादेखि लिएर अन्य राष्ट्रवादी शक्तिहरुसमेत लागि परेको बेलामा उक्त कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण समन्वायत्मक ढंगबाट मध्यस्तकर्ताको भूमिका शिव सेनाले खेलेको शिव सेना नेपालका केन्द्रीय सदस्य कँडेलल बताए । उनले भने– शिव सेना नेपाल राष्ट्रवादीको आन्दोलनदेखि महाराजधिराज (पूर्व राजा)को सवारीका क्रममा समेत १३ वर्षदेखि उत्तिकै खटेर लागिरहेको बताउँछन– शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कँडेल । राजा र जनताबीचको नङ र मासुको सम्बन्धलाई पुनः जोड्न स्थापना गराउने एउटै उद्देश्यका साथ शिव सेना नेपाल लागिरहेको कँडेलको कथन छ । उनी भन्छन– राजावादीहरु जब देशमा राजनीतिक उथलपुथल हुन्छ तब मात्र बाहिर निस्कन्छन भन्ने ट्याग लगाइएको भए पनि जब पूर्व राजा (महाराज) सडकमा उत्रिन्छन तब शिव सेना खटिएकै छ । आज मात्र होइन ।
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर गरिएका प्रयत्नहरुलाई जनताले गरेको तिरस्कारको ज्वलन्त नमूना हो मोटरसाइकल ¥याली । एउटा विराटनगरमा गरिएको ¥यालीमा हिन्दु धर्म र राजसंस्थाका पक्षधहरु यति धेरै छन् भने देशभरि कति होलान ? हिजो लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी जनता सडकमा उत्रिएका थिए अब त्यो व्यवस्थाका विरुद्धमा तिनै जनता सडकमा राजा आऊ, देश बचाउ भन्दै तातो घाममा स्वतःस्फुर्त रुपमा आफ्नो खर्चमा सडकमा उत्रिनुले अब गणतन्त्रका लागि निकै ठूलो चुनौति थपिएको छ । प्राणघातक रोग कोरोना समेत प्रवाह नगरी यसरी जनता सडकमा उत्रिनुलाई शासकले सहज ठानेमा भोलिका दिनमा निकै महङ्गो पर्ने निश्चित देखिन्छ । विदेशीले चलखेल गर्न नसक्ने सिंगो राज्यको प्रतिनिधित्व गर्ने सबैको सर्वमान्य संस्था भनेकै राजसंस्था हो । अहिलेका दल तथा तिनका नेताहरु सबै कुनै कुनै देशले काखी च्यापेर ट्याग लागेकै देखिन्छन् । जनताको चाहना बमोजिम चल्ने राजसंस्थाको परम्परा अनुसार तत्कालिन राजा ज्ञानेन्द्रले जसरी सजिलै लामो इतिहास बोकेको राजसंस्थाबाट बाहिरिएका थिए तर आज गणतन्त्रको प्रधानमन्त्री आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्रीबाट हट्न दबाब दिँदा पनि लिसो झै टाँसिएका छन् । र हिजो राजाले जसरी सजिलै सत्ता छोडेका थिए आज गणतन्त्र नेताहरु सजिलै पद छाड्ने पक्षमा देखिँदैनन् । अब राजा र प्रजा मिलेर देश बनाउन वैदिक सनातन पद्दति अनुसार चलाउनु पर्ने शासन प्रणाली अब राजा (महाराजधिराज)ले चलाउनुपर्ने हुन्छ ।
जब मानिस कुनै लोभलालचविनै निस्वार्थ राष्ट्रप्रेमी बनेर सडकमा उत्रिन्छ त्यसबाट आमुल परिवर्तन रोकिने वाला छैन । तर पार्टीमा लागेकाहरु सबै स्वार्थले भरिएका छन् । उनीहरु पद, धनदौलतको लोभमा पार्टीमा लागेर आज सरकारलाई समेत फेल गराईरहेका छन् । भ्रष्टाचार, लुटपाट, कमिशन, बलात्कार, गुण्डागिर्दी भईरहेका छन् ।