विराटनगर । भोजपुरमा जन्मिएका उद्यमी तथा समाजसेवी राजेन्द्र राउत उद्योग वाणिज्य महासंघमा १ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा बिहीबार निर्वाचित भएका छन् । नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय बिस्तार तथा उत्पादन गर्दै आएका राउत नेपाल उवा महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष तथा मोरङ व्यापार संधका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेर व्यवसायिको हितमा काम गर्दै आएका व्यक्ति हुन् ।
५८ वर्षीय राउतले निर्वाचित भएपछि उद्योगी ब्यवसायीको हक–हितमा मिलेर काम गर्ने अभिव्यक्ति दिएका छन् । राउतले मोरंगसंगै सुनसरी, उदयपुर, मकवानपुर, लगायतका स्थानमा ब्यवसायिक उद्योगहरु सञ्चालन गरिरहेका छन् । राउतले गार्मेन्ट, चुनढुंगा, सिमेन्ट, जुत्ताचप्पल, हेभी इक्युपमेन्ट, पेट्रोलियम लगायतका ब्यवसाय सञ्चालन गर्दै आएका छन्। सामाजिक रुपमा उनले १ नम्बर प्रदेश सरकारद्धारा स्थापना गरिएको कोभिड १९ रोकथाम नियन्त्रणका लागि ११ लाख, विराटनगर महानगरपालिकालाई पीसीआर नमूना परिक्षण गर्ने मेशिन खरिदका लागि ७ लाख रुपैया र हाल विराटनगरमा निर्माणाधीन अवस्थामा रहेको नागरिक केयर सेन्टरमा २० वटा शैय्या प्रदान गरेका छन्। २०७१ सालमा आयोजित अवरुद्ध विराट गोल्डकप फुटबलको चौथो संस्करणको अगुवाई गरेर सफलतापूर्वक सम्पन्न गरेका थिए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here