काठमाडौं । पाकिस्तानी एक २२ वर्षीया अदनान नामक युवकका तीन श्रीमतिले पुनः चौथी सौताको खोजि गरिरहेको समाचार गल्फ टुडेले छापेको छ । मुस्लिम समुदायका अदनानसँगै तीनैवटी श्रमिती हुनु अनौठो नभए पनि उनका तीन वटै श्रीमतिले चौथो पत्नीको खोजी हुनुचाहि अनौठो मानिएको यो समाचार विश्वमै चर्चामा छ । उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ । मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।

अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ । एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन् ।

अदनानका २ श्रीमतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here