रायुजा डेक्स समाचार
विराटनगर। विराटनगर महानगरपालिकाका नगरप्रमुख भिम पराजुली आफ्नो घरदेखि करिब सय मिटर अगाडिको रहेको पोखरीमा शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई आज शनिबार उदाउँदो सूर्यलाई अर्घ चढाएर छटको समापन गरेका छन् । धार्मिक नगरप्रमुख पराजुलीले शरिरलाई भुइँमा घिसारेर दण्ड प्रणाम गरेको यो १८ औं पटक हो ।
धमकर्मप्रति विश्वास राख्ने पराजुली विराटनगरको मेयर भएपछि नगरबासीको शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गर्दै छठको ब्रत लिएको बताएका छन् ।
यसैगरी नगरप्रमुख मात्र नभएर छटका ब्रतालु भक्तजनहरुले कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट बच्न आ–आफ्नो घरमा पोखरी बनाएर छठ पुजाको आज उदाउँदो सूर्यलाई अर्घ चढाएर समापन गरेका छन् ।
पवित्र पर्वको रूपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शुक्रबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका हुन्। शनिबार उदाउँदो बिहानी सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको छ । यस पटक कतिपयले घरमा त कतिपयले नहर, जलाशय तथा नदीमा छठ मनाउँदैछन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष खासै झकिझकाउ भएनन् ।
कोरोना महामारीका कारण सरकारले संक्रमणको जोखिम हुने भन्दै घरघरमै पोखरी बनाएर व्यक्तिगत ढंगले छठ पर्व मनाउन आग्रह गरे अनुसार नै गरिएको छ । जस अनुसार कतिपय सर्वसाधरणले आफ्नो घरआँगन र सार्वजानिक स्थलमा पोखरी बनाएर सामूहिक छठ मनाएका छन् ।
विराटनगरस्थित केशलिया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा केही सर्वसाधरणले फाट्टफुट्ट घाट निर्माण गरेर सूर्यको उपसना गरेका छन् ।
निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ चढाएर समापन गरेका छन् । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here