मा. राजन राईको लकडाउनले अधुरो रहेको नयाँ गित बजारमा, भिडियोसहित

360

खगेन्द्र कार्की, स्वतन्त्र पत्रकार

“जीन्दगी यो फुलैफुलको थुगो हुँदैन” जस्ता गितहरुको रचना गर्न खप्पिस खोटाङका राजन राई पछिल्ला दिनमा
“चार किल्ला भित्र नेपालका जे जति युवा युवती छौ
शान्तिका सेता परेवा लडाईमा काला अरिंगाल हौ । जस्ता गितको रचनाबाट चर्चित छन् । नेपालको कालापानी लिपुलेक लिम्पियाधुरा मिचेर भारतले सडक बनाएपछि रचना गरेको गितको पहिलो एल्बमले मा. राजन राईलाई झनै सांगीतिक हिरोको रुपमा उभ्याएको छ ।
सांगीतिक यात्राका क्रममा कोभिड–१९ संक्रमणबाट देश लकडाउनमा परेपछि अपुरो रहको काम सकेर यतिखेर उक्त नयाँ गित बजारमा आएको मा. राई बताउँछन् ।
सुन्दर शब्द शिल्पी र छुट्टै मौलिकता बोकेका शब्द छनौटमा माहिर राई प्रेम, बिरह, समानता, बिद्रोह सम्बन्धित हरेक प्रकारका गितहरु लेख्छन । संगीतकार डाक्टर किराँत र गायक कनकाईष्ट राईसँग तयार भएको गोर्खा फौज सम्बधि नयाँ गितले यतिखेर सांगीतिक बजार ओगटिरहेको छ । गीतमा दोश्रो बिश्वयुद्ध कालका गोर्खा फौजको सम्झनामा लेखिएको उक्त नयाँ गितमा भनिएको छ–

“एउटा तक्मा झुण्डाएर आउनु भाको थियो रे
दुईटै खुट्टा गुमाएर आउनु भाको थियो रे
गोर्खा पल्टनबाट मेरो घरको हजुरबाबा
रुँदै रुँदै भन्नु हुन्छ मेरी हजुरआमा”

पहिलो एल्बमबाट सांगीतिक बजारमा चर्चा कमाएका राई कम्युनिष्ट राजनीतिकका स्वच्छ छवि, इमान्दार, शालिन र कर्तव्यनिष्ठ नेताकोरुपमा परिचित छन् । राजनीतिककर्मी भए पनि आफूलाई गितकारकै रुपमा स्थापित गराउन रुचि राख्ने राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मात्र नभएर संघीय संरचना अन्तर्गत १ नम्बर प्रदेशका लागि सांसद पनि हुन् ।
तिनै राईद्वरा रचित गीत एउटा तक्मा झुण्ड्याएर आउनु भाको थियो रे, दुईवटै खुट्टा गुमाएर आउनु भाको थियो रे । उक्त गीतका संगीतकार डक्टर किरात र स्वर कन्काइस्टको रहेको छ । गोर्खाली अर्थात् लाहुरेहरुका जीवनमा घटेका यथार्थ पिडादायी घटनाहरुको वीरगाथा नेपालको आदिवासी समूदायहरु विशेष गरेर विदेशको सेना भर्नाहुने तर त्यसको प्रतिफल आफ्नो ज्यान गुमाउने अन्तत खाली हात स्वदेश फर्कनुको पिडा गीतले वास्तविक चित्रण गरेको पाइन्छ । मिन विष्टको मिक्सिङ तथा मास्टरिङमा तयार बनेको गीतलाई राईको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याईएको हो । भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा उक्त गित रेकर्ड गरिएको हो ।
पारिवारीक पृष्ठभूमी लाहुरे परिवार भएर पनि मा. राई आफ्नो समाज संस्कृतिलाई छा्ड्न नसकेर विदेशको आईडी त्यागेका, उहाँ सानै उमेर देखी गीत, लेखकको रुपमा स्थापित हुँदै राजनीतिक विद्यार्थी संगठनमा आवद्ध हुँदै दुवै क्षेत्रमा सफलता प्राप्त गर्दै व्यक्ति पनि हुन ।
गितकार राई कोमल गितकार मात्र होइनन् सशक्त योद्दा पनि हुन् । प्रतिगमनका विरुद्ध उनको संघर्षलाई उनका समकालिनहरुले अहिले पनि सम्झने गर्दछन् । पूर्व राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिँदा पहिलो दिनै सडकमा उत्रिएर राजाको कदम विरुद्ध रत्नपार्कमा भाषण गर्ने राई २०४६ पछाडि शान्तिपूर्ण आन्दोलन गर्दा साढे तीन महिना जेल समेत परेका छन् । २०६२/०६३ सालको जनआन्दोलनमा अनेरास्ववियुको तर्फबाट आन्दोलन परिचालन कमिटीको केन्द्रीय संयोजक समेत रहेका राई देशमा मौलाएको भ्रष्टाचारका विरुद्धमा सशक्त रुपमा उभिने र सोही अनुसार गतिविधि गर्दै जाने समेत बताउँछन् । उनी भन्छन–“भ्रष्टाचार १० प्रतिशत होइन, ५० प्रतिशत होइन कुनै कुनै ठाउँमा त २०० प्रतिशत बृद्धि भएको बताउँछन् ।