फुस्को छाना भएको स्थानमा घुर बालेपछि राति आगलागी, एकको निधन

32

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं. १४ र १८ को बीचमा पर्ने झटियाईमा फुस्को छाना भएको घरमा घुर ताप्न बालेको आगोबाट घर सल्किँदा हुँदा १४ वर्षीया बालकको निधन भएको छ भने २ जना घाइते भएका छन् ।
राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर निधन भएको हो ।
आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार घुर ताप्न बालेको आगोबाट फुसका घर जलेका हुन् । त्यस क्रममा एकजना बालकको जलेर मृत्युभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
आगो दमकल र प्रहरीले बिहान नियन्त्रणमा लिइएको थियो । थप क्षति हुनबाट जोगिएको छ, प्रहरी निरीक्षक थापाले भन्नुभयो बालकको मृत्यु समेत भएका कारण आगलागीको विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।