संसद विघटनको विरोधमा तीन दल

8

रायुजा डेक्स समाचार
विराटनगर । केपी शर्मा ओलीको सरकारले संसद विघटन गरेपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकबाट तीन दलले प्रतिकार गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको भन्दै प्रतिकार गर्ने निष्कर्ष निकालेका हुन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको तीन दलको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको साझा निष्कर्ष निकालेका हुन्।
संसद बिघटनमा बिषयमा तीनवटै पार्टीले छुट्टाछुटै केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि पुनः बैठक बसेर आगामी रणनीति तय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएको बताए।
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको बताए। बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।