गौरादह मदन भण्डारी फाउण्डेशनमा कार्कीको अध्यक्षमा १६ सदस्यीय कमिटी गठन

11
रायुजा संवाददाता
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र गौरादहमा मदन भण्डारी फाउन्डेसनमा सबै ओली पक्षका नेता तथा कार्यकर्ता राखेर १६ सदस्यीय समिति गठन गरिएका छ । जनताको बहुदलीय जनवादको रक्षा र त्यसको विकासका लागि गौरादहमा फाउन्डेसन गठन गरिएको नवगठित कमिटीका अध्यक्ष तुलसी कार्कीले बताए ।
कमिटीको नेकपा प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद दिपक कार्कीले घोषणा गरेका थिए । कमिटीको उपाध्यक्षमा बलबहादुर तामाड, सचिवमा यादव अधिकारी, सदस्यहरुमा भोजराज दाहाल, डिल्ली काफ्ले, गजेन्द्र घिमिरे, भीम निरौला, कपीलमणि काफ्ले, नारायण घिमिरे, नगेन्द्र भण्डारी सहितका छन् । यस अघि दमकमा पनि फाउण्डेसनको नगर समिति गठन गरिएको थियो । झापामा फाउन्डेसनको जिल्ला कमिटी यस अघि देखि नै सकृय छ ।