रायुजा डेक्स समाचार
विराटनगर । प्रतिपक्षको भूमिका मात्र नभएर प्रतिनिधिसभा विघटनको सन्दर्भमा कांग्रेसका विभिन्न खाले धारणा बाहिर आए पनि अब कांग्रेसले कसैसँग चुनाव तालमेल वा साँठगाँठ नगर्ने कांग्रृस सभापति देउवाले उद्घोष गरेका छन् ।
आज प्रतिनिधिसभा विघटनका विरुद्धमा देशभरका निर्वाचन क्षेत्रमा एकै पटक विरोध ¥याली निकाल्दै आयोजना भएको आमसभालाई सम्बोधन गदैृ देउवाले भक्तपुरको क्षेत्र नम्बर २ मा सो कुरा बताएका हुन् ।
‘ओलीको सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौं मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलाप एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।
देउवाले संसद् विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए। उनले अदालतमा विचाराधीन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए। देउवाले छिट्टै केन्द्रीय समितिको बैठक गरेर देशका कहाँ कहाँ विरोध प्रदर्शन गर्ने निर्णय गर्ने बताए।