रायुजा संवाददाता
इटहरी । मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज नेपालको नवौं साधारणसभा संस्थाका सदस्यहरुद्धारा संचालित व्यवसायिक कृषि फर्ममा सम्पन्न भएको छ ।
रामधुनी नगरपालिका वडा नं. ६ स्थित ‘टिम अफ ट्रष्ट बहुउद्दृेश्यीय कृषि फर्मको प्राङ्गणमा संस्थामा आवद्धता भएका व्यक्तिहरुलाई संस्थाले प्रत्यक्ष रुपमा कुनै फाइदा नभए पनि व्यवसायिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको नमूना देखाउँदै प्रवासबाट आएपछिको मातृभूमि बसाईलाई सुखद र उपलब्धीमूलक बनाउन व्यवसायिक आय आर्जन गर्नपर्ने तर्फ लाग्न सो साधारण सभाले अभिप्रेरित गरेको छ ।

Image may contain: 10 people, including Shushila Tamang, people standing, sky, outdoor and nature
संस्थाका अध्यक्ष लोकबहादुर तामाङको अध्यक्षतामा संस्थाका निवर्तमान अध्यक्ष रामनाथ भण्डारी, पूर्व अध्यक्षहरु बद्रीप्रसाद बिमली, गोकुल बहादुर थापा, मिलन खत्री, प्रवास समन्वय समितिका पूर्व संयोजक कुमार कार्की, प्रवास शाखा साउदी अरेबियाका उपाध्यक्ष देशबहादुर खड्का, संस्थापक सदस्य तथा जनप्रतिनिधि मनोज खड्का, साउदी अरब शाखा सल्लाहकारहरु राधिका कटुवाल, र अच्युतराज तिमिल्सिनालगायत समाजसेवी, बुद्धिजीवि, जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम गर्न भाडामा हल नै खोज्नुपर्ने, प्रमुख अतिथिको छनौट गर्नेपर्ने, ब्याज लगाउनै पर्ने र उद्घाटन गर्नेपर्ने अनि संस्थाका प्रतिवेदनहरु पारित गर्न बन्दसत्रको आयोजना गर्नैपर्ने बाध्यतात्मक परिस्थितिलाई भने यस पटक कोरोनाले ओझेलमा पारिदियो र सोही प्रकृतिको कार्यक्रम सम्पन्न भयो । कोभिड–१९ कोरोना भाइरसको प्रभावबाट विगतको जस्तो उत्साहप्रद ढंगबाट गर्न नसकिएला कि भनेर बनभोजलाई समेत सँगै जोडेर लगिएको सो कार्यक्रममा कोभिडको प्रभावबाट स्वास्थ्य मापदण्ड र भौतिक दुरीका कारणले संस्थाका आजीवन तथा साधारण सदस्यहरु सबै भेला नहुँदा नुहुँदै पनि झण्डै ८० जनाको हाराहारीमा संस्था सम्बद्ध व्यक्तिहरु उक्त कार्यक्रम उपस्थित भएका थिए ।
संस्थाका उपाध्यक्ष विवेक भट्टराईबाट स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा शुभकामनासँगै दिइएको विषयवस्तुमा आधरित भएर मन्तव्य दिनेहरुमा संस्थाका अध्यक्ष लोकबहादुर तामाङ, टेकनाथ बराल संस्था तथा एम्बुलेन्स सम्बन्धी, संस्थाका पूर्व अध्यक्ष तथा उक्त कृषि फर्मका अध्यक्ष समेत रहेका गोकुल बहादुर थापाले उद्यमशिलता सम्भाव्यता अध्ययन, प्रवास शाखाहरुको प्रतिनिधित्व गर्दै साउदी अरब सल्लाहकार राधिका कटुवाल रहेका थिए ।
कार्यक्रम स्थलबाटै आजीवन सदस्य बनेका इटहरी ६ निवासी निता लम्साल, सुन्दरहैंचा १० विराटचोक निवासी शान्तिला बाँस्तोला र राधिका बिकलाई कार्यक्रम स्थलमा आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्थान छनौटदेखि आतिथ्यता ग्रहण हुँदै ब्याज वितरण तथा उद्घाटन गर्ने सन्दर्भमा विगत भन्दा फरक ढंगबाट गरिएको छ । सो कार्यक्रमको ब्यानर युवा जागरण मिडिया प्रा.लि.ले सौजन्य प्रदान गरेको थियो ।
संस्थाका महासचिव ललितबहादुर निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका पदाधिकारीहरुले संस्थाका सन्दर्भमा, कृषि फर्म तथा व्यवसायिकताका सन्दर्भमा फरक फरक शिर्षकमा बोलेका थिए ।
समाजमा स्थापित विभिन्न संघसंस्थाहरु धरासयी भएको अवस्थामा दुई वटा जिल्ला जोडिएको मोरङसुनसरी सेवा समाज केन्द्रीय कार्यालय स्थापनाका निम्ति सहयोग गर्न आएको अनुरोधमा व्यक्तिगत सम्बन्धका कारण डराई डराई स्थापनाकालमा गरेको काम आज आएर यति बृहत हुँदा खुशी छाएको छ । यस संस्थाले दुई जिल्लाका मानिसहरुबीच भावनात्मक नाता जोड्न ठूलो भूमिका खेलिरहेको संस्थापक सदस्य तथा कोरबारी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष मनोज खड्का बताउँछन् । उनले भौगोलिक रुपबाट एक आपसमा सम्बन्ध स्थापित भएका यि दुई जिल्लाबासीलाई भावनात्मक रुपमा समेत जोडर भाइचाराको सम्बन्ध स्थापित गर्न संस्थाले गरेका सामाजिक गतिविधिको प्रशंसा समेत खड्काले गरेका थिए ।
साधारणसभाको औपचारिक कार्यक्रमबाटै अध्यक्ष तामाङद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन तथा भावि कार्यक्रम तथा लक्ष्य, महासचिव निरौलाले प्रस्तुत गरेको संस्थाको वर्षभरिको प्रगति प्रतिवेदन तथा कोषध्यक्ष खगेन्द्र प्रसाईले प्रस्तुत गरेको आन्तरिक लेखा परिक्षण प्रतिवेदनलाई छलफल सहित पारित गरिएको थियो ।
उता बनभोज कार्यक्रमलाई रोमाञ्चक बनाउन सांगीतिक माहौलसँगै रोमाञ्चक खेलकुद म्युजिकल चेयरमा प्रथम हुने सावित्रा बराल, द्वितिय खुशी खड्का, तृतिय हुने गिता गिरी भएका थिए । यसैगरी डोरी नाघ्ने खेल बालबालिकाको लागि खेलाइएको थियो । जसमा सामना गौतम प्रथम, गौरव घिमिरे दोस्रो र गिता प्रधान तेस्रो भएका थिए । यस्तै अर्को रोमाञ्चक खेल तातोआलु सबैलाई सहभागी गराएर खेलिएको थियो जसमा गगन खवास प्रथम, सरिता केसी द्वितिय र छवि धमला तृतिय भएका थिए । विजेता सबैलाई प्रायोजितका आधारमा नगद पुरस्कार प्रदान गरिएको थियो ।