सहदेव कार्की

इटहरी । पुर्वाञ्चलबासी नेपाली देशभक्तहरुको आयोजनामा वैधिक सनातन धर्मको हिन्दु राष्ट्र सहित राजसंस्था पुनः स्थापना गर्ने उद्देश्य लिई राष्ट्र झण्डा साथ राजावादीद्धारा कार तथा मोटरसाइकल भव्य र्याली भएको छ । इटहरीको चिन्तन चौतारीसामु मेनरोडमा सजाइएको गाडीमा राजा ज्ञानेन्द्र वीरविक्रम शाह र रानी कोमलदेवी शाहको ५ फुट अग्लो तस्बिरमा विधीपुर्वक पूजा आराधना र माल्यपर्ण गर्दै पौष २२ बुधबार पुर्व भुमी सुधार मन्त्री रामकुमार सुब्बाले राजा–रानीको तस्बिर अनावरण गरी र्याली उद्घाटन गरेका थिए ।
अमनचयन शुन्य अवस्थामा देशका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को संविधान कुल्चदैँ संसद विघटन गरेपछि देशभर संघियता खारेजको माग बढी रहदाँ यस अघीदेखी नैे विभिन्न नामका संघ–संस्था र व्यक्ति समुहबाट बैधिक सनातनी हिन्दु राष्ट्र र राजसंस्था पुन स्थापना हुनु पर्ने बुलन्द आवाजसाथ देश भक्त अभियन्ताहरुले अभियान संचालन गर्दै आएको बिच पुर्वाञ्चल बासी तथा छिमेकी भारतमा रहेका नेपाली समेतको सहभागितामा संघियता खारेजीसाथ राजसंस्था पुनस्थापना गराउने शन्देश प्रवाह गर्दै कार तथा मोटरसाइकल र्याली गरेका हुन् । संघियता खारेज, बैद्यिक सनातनी हिन्दु राज्यसहितको राजसंस्था पुनस्थापना गर्न गराउन देशभरका नेपाली जुर्मुराएर एकजुट हुदैँ विपक्ष विरुद्ध इतिहासदेखीको वीरता प्रदर्शन गर्नूपर्ने अवस्था आएको कुरा र्यालीमा १० आँै हजार सहभागीमाझ उद्घोष भएको छ ।
¥याली चिन्तन चौतारीसामुबाट शुरु भएर राधाकृष्ण शिव मन्दिर हुदैँ पश्चिम बरगाछी पुगेर राजसंस्था राजा ल्याउँ– नेपाल र नेपाली सुरक्षित रहाँै लगायत विविध नारासाथ झण्डै पौने घण्टा समय लागेर विरेन्द्रचोक परिक्रमा गरी विराटनगर तर्फ अघि बढेको थियो । राष्ट्रिय झण्डा शिरोधर गर्ने २०४७ र ०७२ को संविधानमा नअटाएका स्वेच्छुक देशभक्त संशोधनात्मक संविधान व्यवस्थासाथ संघियता र धर्म निरपेक्षता खारेजको माग गर्दै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने उद्देश्य बुलन्द गर्दै १० औँ हजार देशभक्तहरु मोरङको कञ्चनवारी चोक हुदैँ ठुलो मिलचोक, तीनपैनी, पोखरीया, शनिहाट, महानगर, अतिथी सदन मेनबजार, नेपाल बैंक, हनुमान मन्दिर, रामदरबार बजार हुदैँ ट्राफिक कार्यलयबाट महेन्द्रचोक पुगेर कार तथा मोटरसाइकल ¥याली कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै शिवसेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतले हाम्रो नेपाल र समग्र नेपाली विगतको १२ बुँदे समझदारी पछिको धर्मनिरपेक्षित संविधान र संघिय सरकारका नवशामन्त जुक्के शासकहरुको कुटिल गतिविधीबाट देश मासिने र तपाई हामी शरणार्थी भई जिउन पर्ने गम्भिर अवस्था आएको हुनाले नेपाल र नेपालीको भलो चाहाने सबै एकजुट भएर आफ्नो वैद्यिक विधीको हिन्दु राष्ट्र र राजा सहितको राजसंस्था पुनःस्थापना गर्न र गराउन डटेर लाग्नुपर्ने भएको छ, साथै दलाली शासक समक्ष वीरता प्रदर्शन गर्नूपर्ने भएकाले सबै क्षेत्रबाट अघी बढ्न बाबा बस्नेतले सन्देश प्रवाह गरेका थिए । सम्बोधन क्रममै युवा नेता आकाश सुब्वाले देशको महाविकट र गम्भिर अवस्था विरुद्ध इतिहासको वीरता बचाउँदै सम्पुर्ण नेपाली जुर्मुराएर अघि बढ्ने बेला भएको बताए भने सभा रमा बास्तोला र युगप्रिय निरौलाले संचालन गरेका थिए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here