सन्दर्भ : राष्ट्रनायक पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि पूर्व राजासम्मको शुभकामना मन्तव्य

47

रायुजा न्युज डेक्स
विराटनगर । नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको आज २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता झनै बढिरहेको बेलामा विभिन्न तह र तप्काबाट राष्ट्रिय दिवसको माग भए पनि सरकारले बिदा दिएन तर पृथ्वीनारायण्ण शाहको जन्मथलोको रुपमा रहेको गोरखाका पाँच वटा स्थानीय तहले भने सार्वजनिक बिदा गरेर भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरिरहेका छन् । जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
यसैगरी पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्व राजाले समेत शुभमकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य भनेकी छन– नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना ।
राष्ट्रपति भण्डारीले भनिन–गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास रहेको बताईन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गरी आत्मनिर्भर र समाजवादोन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ । नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ ।
विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो । नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उनले अनुसरण गरिन् ।
नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर जानुभएको छ । राष्ट्रपति भण्डारीले उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।
यसैगरी पूर्व राजा ज्ञानेनद्र विरविक्रम शाहाले पनि शुभकामना मन्तव्य दिएका छन् । भन्तव्यमा पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्– नेपाल सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज देश भएको छ । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै पूर्व राजा शाहाले संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भए पनि नेपाल सबैको साझा प्रयासको उपज रहेको विश्वकै एक मात्र मुलुक रहेको र सोही कारण आज पनि राष्ट्रनिर्माताबाट मार्गदर्शनका निम्ति प्रदान गरिएको दिब्य उपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मूलूकको समृद्धि लक्षित भएको सबैले महसुस गरिरहेका उल्लेख गरेका छन् ।
शाहाले आफ्नो सन्देशमा भन्नुभएको छ( ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ । त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशीर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।’
यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ भन्दै पूर्व राजा शाहाले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गर्दै त्यसैअनुसार शाहवंशीय परम्परा अगाडि बढेको स्मरण गरे ।
विज्ञप्तिमा अगाडि भनिएको छ( ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन् ।’
‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो, तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकुल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आमनेपालीले गर्नुपरेको छ ।’
सन्देशको अन्त्यमा भनिएको छ– ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ । यसैमा पृथ्वीजयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here