रायुजा न्युज डेक्स
इटहरी । इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष तथा अग्रज संगीतकर्मी राम धामीप्रति आज बिहानै प्रतिष्ठानमा श्रद्धाञ्जलीको लागि राखेर दाहासंस्कार भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमोनियाको उपचार गराइरहेका धामीको आइतबार साँझ निधन भएको हो ।
कोभिड–१९ को उपचारको लागि उनी दुई साता अघि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । पछि निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत रहेका धामी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय थिए । स्व. धामीको शवलाई सोमबार बिहान संगीत साधना प्रतिष्ठानको भवनमा श्रद्धान्जली दिएर अन्तिम संस्कार गरिने प्रतिष्ठानका महाचिव राजु केसीले फेसबुकमा स्टाटस राखेका थिए ।