सहदेव कार्की
राष्ट्र नायक पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस १ नम्बर प्रदेशका विभिन्न सहर तथा गाउँहरुमा मनाइएको छ । प्रदेशका ठूला देखि साना सहर विराटनगर, दुहवी, इटहरी, धरान, इनरुवा, पथरी, विराटचोक, बेलबारी, उर्लाबारी, दमकलगायत अधिकांश स्थानमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाइएको छ ।
सोही क्रममा राप्रपा नेपाल १ नम्बर प्रदेशले सुनसरी इटहरीस्थित वृन्दाबनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकताको सान्दर्भिकताका सम्बन्धमा कार्यक्रमको आयोजना गरेको छ । नेपालको सिङ्गो स्वरुप निर्माता वडा महाराजधिराज पृथ्वी नारायण शाहको २९९ औँ जन्म दिवस तथा राष्ट्रिय एकता दिवस वृन्दावन गौशालधाम राधेश्याम सेवा ट्रस्टमा पनि मनाइएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं ५ स्थित वृन्दावन गौशालधाम राधेश्याम सेवा ट्रस्ट प्राङ्गणमा पौष २७ सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १ नं. प्रदेशको आयोजन तथा संयोजक कृष्ण कुमार घिमिरेको सक्रियताद्धारा पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको हो । देशमा जतिवेला महाविपत्ति आउने क्रममा नेपाल एकीकरणका वीर विधुतीहरु सम्झने क्रममा पृथ्वीनारयण शाहसहित शाहवंशिय राजाहरुको अतुलनिय भुमिका नेपालको लागि वर्तमान अवस्थामा ज्वलन्त खड्किएको हुँदा समग्र नेपलीले गर्वका साथ श्वासप्रश्वास लिदैँ बडा महाराजधिराजको अर्ति र उपदेश अनुशरण गर्न अझ बढी जरुरत भएको सन्दर्भमा ट्रस्ट पिठाधिश १००८ महाराज शास्त्री दिनबन्धु नेपालद्वारा पानसमा बत्ति प्रज्वलन गरी महाराजधिराज शाहाको तस्बिरमा माल्याणपन गरी २ सय ९९ औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाएका थिए । उक्त समारोहमा राष्ट्र प्रेमी समाजका अगुवा, बिर्तामोड निवासी, लेटाङ निवासी विवेक कोइराला, लक्ष्मीमार्गका सुरेश तामाङ, तरहराका भिमराज राउत, अर्जुन राउत, विवेकशिल साझा पार्टी सुन्दरहरैंचा नगर अगुवा हेमन्त भट्टराई, मोरङ खोर्सानेका विनिता बस्नते, विप्लव बस्नेत, अभिनव कँडेल बा, इनरुवाका अधिवक्ता सर्वधन राई, नवल पुडासैनी, उद्धव कटुवाल, इटहरी–३ का समाजसेवी जीवनाथ पोखरेल, मन्दिर परिसरका शिष्य समूह र स्थानीय दिदीबहिनीहरुको उल्लेख्य सहभागितामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका हुन् । उक्त समारोहमा नेपाल श्रृजनाका निम्ति श्री ५ बडामहाराजको दिव्योपदेश र शाहवंशिय राजाहरुले खेलेको भूमिका समग्र नेपालीले अनुशरण गर्नुपर्ने परिस्थिति आएको पिठाधिस दिनबन्धुले व्यक्त गरे । यसरी नै समाजसेवी पोखरेल, साझा पार्टीका भट्टराईलगायतले देशको मूलधार परिस्थितिमा राजा, महाराजाको ऐतिहासिक भूमिकाबाट नयाँ अध्यायको शिक्षा लिँदै समग्र नेपाल र नेपालीको सुरक्षार्थ भूमिका खेल्नुपर्ने मन्तव्यमा व्यक्त गरेका छन् । हाम्रो नेपाल वर्तमान संघीय सरकारमा गएपछि हिले मास्तिर लेकको सग्लो कांक्रो चिरेर ८४ व्यञ्जनको चटनीमा पटक्क टुक्र्याई झरम्म खाईरहेको धर्ति नेपाल आमाको छाति भतभतिएको बिर्सन नहुने र उत्तिकै शान्ति सुरक्षाको भुमिका नेपाली निर्वाह गर्नुपर्ने समग्र वक्ताले बताएका थिए भने राप्रपा नेपाल १ नम्बर प्रदेश संयोजक कृष्ण कुमार घिमिरेले एकता दिवसको समारोह सञ्चालन गरेका थिए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here