रायुजा संवाददाता
दमक । झापा बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा गएराति आगलागी हुँदा एक जनाको जलेर निधन भएको छ । दमक नगरपालिका वडा नं. ३ मा पर्ने उक्त शिविरमा आगलागी हुँदा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राईको निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त समाचार अनुसार मृतक पक्षघातका बिरामी समेत रहेको खुलेको छ ।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर निधन भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्ण रुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here