रायुजा संवाददाता
सुनसरी टेन्ट ब्यबसायी संघको प्रथम बार्षिक साधारणसभा इटहरीमा सम्पन्न भएको छ । सोमबार पौष २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकताको दिन बारेमा उक्त संस्थाले सुन्दरहरैंचा नगरपालिकाको बलियामा सञ्चालित गोकुलम रिसोर्टको मैदानमा बनभोजका साथ आयोजित उक्त साधारणसभाबा पुनः रामनाथ भण्डारीको अध्यक्षतामा १३ ददस्यीय नयाँ कार्यसमिति समेत चयन भको छ । धरान टेन्ट व्इवसायी संघका अध्यक्ष चञ्चल साहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमका विशेष अतिथि जितेन्द्र नायक रहेका थिए । स्थाका उपाध्यक्ष सुरेस पंडितले स्वागत मन्तब्य गरेको सो कार्यक्रम सचिब राजकुमार साहले सञ्चालन गरेका थिए । कोभिड–१९ कोरोना भाईरसका कारणले विगतको झै साधारणसभाका कार्यक्रम नगरी त्यही खुल्ला सत्रमै कोषाध्यक्ष कुलबाहादुर कार्कीले वार्षिक आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । सचिवले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष रामनाथ भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका भण्डारी बताउँछन् ।
भण्डारीका अनुसार नवनिर्वाचित टिमको उपाध्यक्ष सुरेश पंडीत, सचिव : राजकुमार साह (कानु), सहसविचव : मोहन सुवेदी,कोषाध्यक्ष : शम्भु कुमारसाह, सदस्यहरु क्रमशः गौरव साह, सञ्जय साह (धराने), अमर बहादुर श्रेष्ठ, मदन अधिकारी, सञ्जय साह (तरहरा), रेजोन साह (लक्ष्मण), नन्दलाल चौधरी, मो. अब्दुल कादिर रहेका छन् । कार्यक्रममा संस्था सञ्चलनसहित साथ र सहयोगका लागि भलाई कोषसमेत स्थापना गर्ने निर्णय भएको छ ।