शेयर बजारमा सर्वसाधारणको पहुँच थपिँदै, दैनिक नयाँ नयाँ रेकर्ड

125

माघ २८ गतेदेखि लागु हुने गरी महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख आपिओ निष्कासन गर्दैछ

बाबुराम क्षेत्री
विराटनगर । त्यसै पनि यो बजारमा सर्वसाधारणलाई ठग्नेहरुको बिगबिगी छ । यो क्रम कोभिड–१९ को प्रभावबाट झनै मौलाएको छ । यहि बेलामा सुरक्षित लगानीको रुपमा शेयरबजार फस्टाएको देखिन्छ ।
साधारण जनताको पहुँच बाहिर रहेको शेयर बजार यतिखेर निकै तातेको छ । विराटनगर जुट मिल र नेपाल बैंकले १९९४ मा सर्वसाधारणका लागि शेयर खुल्ला गरे पनि व्यवसायिक कारोबारको लागि ४० वर्ष कुर्न प¥र्यो । इतिहासमै नेप्सेको परिसूचक उच्च विन्दुमा पुगेको छ । कोभिड–१९ कोरोना भाइरसको प्रभावले गर्दा मानिसहरुसँग पैसा सकियो । बजारमा पैसा छैन । आर्थिक उतारचढाव धेरै भएको छ भन्नेहरुले यो बजारले गलत सावित गरिदिएको छ । अझ अनलाईनबाट १० कित्ते शेयरले नेपालको शेयर बजार झनै तातेको छ । कोभिड–१९ को प्रभावबाट लगानी गर्ने सुरक्षित स्थान शेयर बजार भएकोले र १० कित्ते शेयरले साना साना बेरोजगार बसेका लगानीकर्तालाई पनि सामान्य आम्दानी दिने गरेको र त्यो हल्लै हल्लामा बजार व्यापक बनिसकेको अवस्थाले पनि यो बजारले ऐतिहासिकता कायम गर्दै दैनिक रुपमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । साना लगानीकर्ताहरु शेयर बजारमा उत्साहित हुँदै गर्दा उनीहरुको आम्दानीको स्रोत घटाउन ब्रोकरहरुको कमिशन पनि बढाइएको छ ।
पुराना लगानी कर्ता वा विश्लेषकहरुले समेत यतिखेर यो बजारको व्यापकताका सन्दर्भमा प्रतिक्रिया दिन सकिरहेका छैनन् किनकी आज एउटा कुरा बोलिदिन्छन तर नेप्सेले भोलिपल्ट अर्कै रुप धारण गरिसकेको हुन्छ । विगतमा नगण्य रुपमा लगानीकर्ताहरु भित्रिने यो क्षेत्रमा गतसाल राष्ट्रिय पुर्नबिमा कम्पनीको आइपिओ खोल्दा ४ लाख लगानी कर्ताभिभित्रएको इतिहासलाई उल्ट्याएर भर्खरै मात्र इन्फास्ट्रक्चर बैंकको आइपिओमा १५ लाख बढीले आवेदन परेको छ । तर चुक्त पुँजी २० अर्ब रहेको यो बैंकले हालसम्मकै सबैभन्दा बढी १ सय मुल्यका ८ करोड कित्ता प्राथमिक शेयर खुल्ला गरेको थियो । निष्कासित शेयर मध्ये कर्मचारीका लागि १ लाख ५० हजार, सामूहिक लगानीकोषका लागि ४० लाख कित्ता छुट्याएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि शेयर खुल्ला गरेको थियो । अहिले माघ २८ गतेदेखि लागु हुने गरी महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख आपिओ निष्कासन गर्दैछ । निष्कासित आइपिओ मध्ये ०.५ प्रतिशत कर्मचारी, ५ प्रतिशत सामूहिक लगानीकोष र सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्तामा आवेदन खुल्ला हुने भएको छ ।