विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।

रायुजा न्युज डेक्स
विराटनगर । हरेक वर्ष फेब्रुअरी २ का दिन मनाईने विश्व सिमसार दिवस नेपालमा पनि मनाइएको छ । विभिन्न वहानामा अतिक्रमण भईरहेको सिमसार क्षेत्र संरक्षणको अभावमा देशभर छटपटाईरहेका छन् । विश्वलाई खाद्यान्न उत्पादनमा समेत महत्वपूर्ण योगदान दिने दलदले यस्तो स्थानको संरक्षण आजको आवश्यकता हो । पछिल्लो समयमा विभिन्न स्थानमा रहेका यस्ता सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा रुपान्तरण गरी आयआर्जनको माध्यम समेत नबनाइएको होइन तर के त्यस्ता गतिविधि वा संरचनाले सिमसारको उपयोगीता यथास्थानमा राख्न मद्दत पु¥याउँला भन्ने बहस हुनु जरुरी देखिन्छ । यद्यपि नेपालमा यस वर्षको सिमसार दिवस मनाइएको छ । उक्त दिवस मनाइरहँदा यस क्षेत्रका विद्वानहरु जिवित तथा दिवंगतहरुको नाममा लुम्बिनी क्षेत्रका सिमसार क्षेत्रको नामकरण समेत गरिएको छ । धेरे नामकरण भने ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनेहरुको नाममा नामाकरण गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिएका छन् ।
पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।
डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।
सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ, ल है मृगौलाकै राम्रो संरक्षणगर्न नसकेमा पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ, विचार गरौ । यसका अलावा सिमसारले वाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । करिब ३ अरब संसारका वासीहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नुजस्तै भयावह छ ।
यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको संयुक्तरुपमा शिवपुरीको धापमा विभिन्न कार्यक्रम गरी मनाइयो ।
सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।