परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरे पहल

रायुजा न्युज डेक्स
विराटनगर । नेपालमा राजनीतिक अस्थिरता रहँदा रहँदै पनि नेपालीको जीवन सुरक्षामा विदेशी दातृ राष्ट्रहरुको चासो र चिन्ता बढ्दै गएको छ । सुरुआतमा भारतले उपलब्ध गराएको निःशुल्क खोप नेपालमा मापदण्डका आधारमा प्रयोग भईरहेका बेला चीनले पनि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
मन्त्रीस्तरीय संवादका क्रममा चीनले उक्त खोप उपलब्ध गराउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका चीनका विदेश मन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीका क्रममा सो प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ । चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको मन्त्री वाङ यीले बताएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तर अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति भने दिइएको छैन। यसबारे सरकारी अधिकारीहरु छलफलमा छन्।