प्रतिभा प्रष्फुटनका लागि इटहरी जेसिजले मिस हस्पिटालिटी २०२१ प्रतियोगिता गराउने

43

रायुजा संवाददाता
इटहरी । १ नम्बर प्रदेशको मुटुका रुपमा चिनिएको इटहरीमा इटहरी जेसिजले यस प्रदेशका युवाहरुको प्रतिभा प्रष्फुटन गराउने गरी प्रदेशस्तरीय मिस हस्पिटालिटी २०२१ को अयाोजना गर्ने भएको छ ।
इटहरी जेसिसद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त प्रतियोगिताका बारेमा सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा इटहरी जेसिजले युवाहरुमा लुकेर रहेको प्रतिभा, कला, नेतृत्व, क्षमतालाई प्रदर्शनका माध्यमबाट बुझ्ने र उनीहरुभित्रको त्यो प्रतिभा, कला र क्षमतालाई प्रशिक्षणको माध्यमबाट निखार ल्याइ समाजमा स्थापित गराउने उद्देश्य रहेको बताइएको छ ।
आगामी चैत्र ७ गते फाइनल हुने गरी पहिलो अडिन फागुन १ गते इटहरीको इन्टुरिष्ट प्यालेसमा दोस्रो अडिसन विराटचौक र धरानमा गरिने पत्रकार सम्मेलनमा कार्यक्रम कोडिनेटर सौरभमान भण्डारीले जानकारी दिए । अडिसनबाट छनौट भएका २० जना प्रतियोगी विच प्रतिस्पर्धा गराइने तथा प्रतियोगीहरुलाई हस्पिटालिटी, पर्सनालीटी, फिटनेश, पब्लीक स्पीकिङ, मेकअप, क्यामरा फेसिङ, कक्षा सञ्चालन गरिने कार्यक्रम व्यवस्थापक सफल पौडेल बताउँछन् ।
कार्यकारी उपाध्यक्ष दिलिप पौडेलका अनुसार प्रतियोगिताका विजेताले नगद ५० हजारसहित अन्य धेरै गिफ्ट ह्याम्पर पाउने छन भने उपविजेतालाई ३० हजार र २० हजार सहित क्राउन, ट्फि अन्तराष्ट्रय सौन्दर्य प्रतियोगितामा सहभागी गराउने विभिन्न गिफ्ट ह्याम्पर्स, टुर, म्युजिक भिडियो, फोटो सुट, म्यागजिन कभर, इन्स्योरेन्स आदिको व्यवस्था गरिने भएको छ ।
त्यसै गरी इटहरी जेसिजको आयोजनामा आगामी फागुन २२ गते हिपप सहित मौलिक सांगितिक कार्यक्रमको आयोजना गरिने महासचिव युवराज काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराए ।