रायुजा न्युज डेक्स
विराटनगर । गोरखाको कार्यक्रममा रामकुमारी झाक्रीले संसद् विघटनपछि राष्ट्रिय राजनीति चरम ध्रुवीकृत भएकोबेला आफ्नो संबैधानिक भूमिकामा राखिएकी राष्ट्रपति विद्यादेवी भण्डारी लगाएका आरोपहरु आज राज्यविरुद्धको अपराध अभियोगमा घरबाटै बिहीबार पक्राउ गरिएको छ । राष्ट्रपति भण्डारीको बारेमा गरेको टिप्पणीलाई लिएर नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको हो।
झाक्रीले बिहान मात्रै आफ्नो फेसबुकमा श्रीमान् पशुपति पुरीलाई वर्षगाँठको शुभकामना दिएकी थिइन्। उनको लागि माघ २९ विशेष दिन थियो। उनले जीवन सोचेझैँ हुन्न भन्ने थाहा भएपनि श्रीमान् जीवनमा आएपछि जीवन आहा भएको मात्र उल्लेख गरेकी थिइन् । त्यहो आहा आज दिनभर पनि टिक्न सकेन । अन्ततः झाक्रीलाई प्रहरी पक्राउ गरेर लगिसकेको छ ।