रायुजा संवाददाता
इटहरी । इटहरी उसु क्वानको आयोजनामा पूर्व क्षेत्रिय रंगशाला इटहरीमा सुनसरी जिल्ला स्तरीय उसु खेल प्रतियोगिता भएको छ । २०७७ फागुन १ शनिबार इटहरी उपमहानगरको रंगशालामा सुनसरी र छिमेकी मोरङ जिल्लाका विभिन्न गाउँ र सहरमा सञ्चालन हुँदै आएका उसु क्वानका २६ केजी देखि ७२ केजी तौल समूहमा रहेका ७१ जना बढी उसु खेलाडीहरुले भाग लिएर जोडीसँग स्पर्धा गरेका छन् । आयोजक संस्थाका प्रशिक्षक दिपक कार्कीको अध्यक्षतामा पूर्व राज्य मन्त्री कल्पना चौधरीको प्रमुख आतिथ्यसँगै अन्तर्राष्ट्रिय रेफ्रि तथा पूर्वाञ्चल १ नं. प्रदेश उस संघका अध्यक्ष विनोद माणिकको विशिष्ट आतिथ्य साथै राष्ट्रिय रेफ्रि एवम् सुनसरी जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र राई, राप्रपा नेपालका लाक्पा तामाङ पक्षधर केन्द्रीय सदस्य राजनीतिज्ञ १ नं. प्रदेश संयोजक समाजसेवी कृष्ण कुमार घिमिरे क्षेत्री, अखिल नेपाल खेलकुद महासंघ सदस्य नेता मिन कुमार मगर, इलाकागत प्रशिक्षक कृष्ण तामाङ, चन्दन चौधरी, विमल श्रेष्ठ, जयकुमार राय, सञ्जय चौधरी, आयोजक अध्यक्ष रितेश श्रेष्ठ, स्थानीय दक्षिणकाली टोल विकास सचिव बलबहादुर कटुवाल, साइड रेफ्रि जज, अभिभावक र उत्साहप्रद खेलाडीहरुको बाक्लो सहभागीता माझ बत्ति बालेर प्रमुख अतिथि प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले प्रतियोगिता समारोह उद्घाटन गरकी थिइन् । सुनसरी जिल्ला उसु प्रतियोगिता समारोहलाई रेफ्रि माणिकले स्वागत मन्तव्य राख्दै उसु खेलाडीहरु अनुशासित र दक्ष भए आफ्नो क्षेत्र हुँदै राष्ट्र, अन्तर्राष्ट्रसम्म प्रतिनिधित्वि गर्दै आगामी दिन उज्जवल भविष्य बन्न सक्ने शुभकामना व्यक्त गरे ।
यसैगरी प्रमुख अतिथि चौधरीले सतहमा रहेका सामान्य व्यक्तिदेखि सम्पन्न घरानीया व्यक्तिलाई स्वस्थ रहन खेलकुद अवाश्यक भए पनि लक्ष्य अनुसार कमजोर व्यक्तिले सेवा सुविधा नपाएको केन्द्र सरकारको निकायले उसु खेलप्रेमीलाई हौसला नदिई शौताका सन्तति जस्तै गर्दै आएको गतिविधि अन्त्य हुनुपर्ने र फुटबल, क्रिकेट सरह मान्यता दिएर सरकारको निकायले डो¥याउँदै, विकास गर्दै अघि बढ्नु पर्ने बताईन । उनले हरेक क्षेत्रमा प्रशिक्षण दिँदै आएका गुरु तथा शिक्षार्थीलाई आफ्नो तर्फबाट सेवा र सहयोगबारे हरपल साथ रहने साथै आगामी दिनको कार्य सफलताप्रति शुभकामना व्यक्त गरिन् ।
सुजि उसु स्पर्धामा २६–७२ केजी समूहका खेलाडी जोडीसँग स्पर्धागरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा विजयी भएर मेडल तथा प्रमाणपत्र झण्डै ५३ जनाले पाएका छन् । उक्त विजयी खेलाडीहरुलाई प्रमुख अतिथि चौधरी, अन्तर्राष्ट्रिय रेफि मुख्य निर्णायक माणिक, आयोजक अध्यक्ष श्रेष्ठ, सभाध्यक्ष कार्की संयुक्त द्वारा मेडल साथै प्रमाणपत्र प्रदान गरेका छन् भने कार्यक्रम सञ्चारकर्मी सहदेवी कार्कीले सञ्चालन गरेका थिए ।