रायुजा संवाददाता
इटहरी । आनेकानी, ढिलासुस्ती, समयमा सूचना नदिनु र सेवाग्राही अल्मल्याउनुमा इटहरी उपमहानगरपालिकका वडा कार्यालयहरु माहिर देखिएका छन् । श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिन पारेर इटहरी उपमहानगरपालिका वडा नं. ८ का एक सेवाग्राही आफ्नो बच्चाको जन्मदर्ता गराउन इटहरी उपमहानगरपालिको वडा नं. ८ को कार्यालय गैसार पुगे । उनी १० बज्दा ठ्याक्कै पुगेका थिए तर केही सेवाग्राही र दूई जना कर्मचारी बाहेक अरु कोही आएका थिएनन् । न वडाअध्यक्ष न अन्य कर्मचारी वा कार्यालय सचिव नै । भएका दुई जनामध्ये एक जना युवती काउन्टरमा थिइन् एक जना युवक यताउता हल्लिरहेका देखिन्थे ।
१० बजेर २७ मिनेट भए पछि बल्ल वडासचिव आइपुगिन् । तर उनको काम गराई पनि अलमल जस्तो थियो । सेवाग्राहीलाई यथार्थ कुरा बताउन चुकिरहेको देखियो । एक पटक यो भएन, अर्को पटक त्यो भएन भन्ने उनको कुरालाई सेवाग्राही पटक पटक आफ्नो कार्यालय पुग्दै कागजपत्र ल्याउँदै बुझाउँदै गरे । अब त काम हुन्छ होला भन्ने आशमा तेस्रो पटक आएका सेवाग्राहीलाई वडा सचिवले अगाडि नै २ पटक वल्टाई पल्टाएर गरेर हेरेको फारम भराई नै अन्तिममा नभएको सुनाइन । यो फारम नै होइन । हातले लेखेको छ । टोकन पनि छैन । यो भएन रे ? अनि सेवाग्राहीले सोधे अघि त्यत्रो फारम हेर्नु भयो किन भन्नु भएन र अहिले अन्तिममा आएर भन्नुहुन्छ ? सहि सूचना सुरुमै दिन पर्छ कि पर्दैन् सुशासनको ज्ञान छ कि छैन । भन्दा अनलाईनबाट भरेर ल्याउनु, हातले लेखेको हुँदैन । टोकनसहित आउनु प¥र्यो ? भन्ने जवाफ मात्र आयो ।
उनी पुनः कार्यालय पुगेर अनलाईन खोज्न थाले पञ्जिकरण विभागको वेवासाइड खोले तर त्यहाँ लगइन गर्नुपर्ने देखियो । पटक पटक आफ्नो इमेल र पासवर्ड राखेर लगइन गर्ने प्रयास गरे तर खोल्न सकेनन् । लगइनको लागि त्यही युजर र पासवर्ड बनाउने अपसन पनि नभएको कारणले उनी हैरान भएर नेपालको सुशासन केलाउन थाले । के यस्तै प्राणालीलाई नेपालमा सुशासन भन्ने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासनमा कटिबद्ध भएको बताइरहँदा कतिपय स्थानीय निकायमा सुशासनको अर्थ नै बुझ्न नसकेको देखिन्छ । कति मिडियाहरुले सुशासन कायम हुन नसकेको र जनताका कामहरु अलपत्र परिरहेका खबर दिइरहँदा पनि सरकारले सुशासनमा ध्यान पु¥याउन वा त्यो संयन्त्र परिचलान गराउन सकिरहेको छैन । यस्तै अवस्था देखिन्छ इटहरी उपमहानगरपालिकाको वडा नं. ८ को कार्यालयमा । कर्मचारीबाटै जनमुखी काम हुँदैन अनि सुशासन कहाँ हुन्छ ? इटहरी उपमहानगरपालिकाको वडा नं. ८ मात्र होइन सुशासनका सन्दर्भमा सबै वडाका कर्मचारीलाई अभिमुखीकरण तालिमको आवश्यकता देखियो ।
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भन्ने गरिन्छ होइन र ?