रायुजा न्युज डेक्स
विराटनगर । कोरोना संक्रमित बढ्ने क्रमसँगै निधन हुनेको संख्या पनि सामान्य थपिँदै गईरहेको सन्दर्भमा नेपाली सेना र स्वास्थ्य मन्त्रलायमा भएको निधनको तथ्याङ्क फरक देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोनासंक्रमित थपिँदै गर्दा निधन हुनेको संख्या पनि तीन जना थपिए । हाल नेपालमा कोरोना संक्रमितको कूल संख्या २,७३,१६६ पुगेको छ भने निधन हुनेको संख्या नेपाल सेनाले २,२९४ रहेको जनाएको छ भने स्वास्थ्य मन्त्रालयले चाहिँ बुधबारसम्म मृतक संख्या २,०५५ उल्लेख गरेको छ । यि दुई निकायबीचको निधन हुनेको संख्यामा ८ सय ८९ जना फरक परेको देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०५८ पुगेको छ।
बिहीबार थप १११ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या पनि २,६९,५०५ पुगेको छ।
सेनाको इन्सिडेन्ट कमान्ड सिस्टमले उल्लेखित तथ्याङ्क सार्वजनिक गरेको हो । सेनाले कोरोना पुष्टि भएको पीसीआर रिपोर्ट र मृत्यु भएको प्रमाणपत्रका आधारमा मात्रै शव व्यवस्थापन गर्दै आएको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here