संकेत कोइराला

बाँस र तामा परस्पर गफिँदै थिए ।
तामा : बा १ म आकास छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक ।
तामा : तपाईं त निहुरिनु भो नि त १
बाँस : तिम्रो उमेरमा म पनि तिमीजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अह्ररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु ।

***
नेपालको राजनीतिमा थुप्रै तामाहरू बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरूको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् ।
नेपालमा सबैभन्दा सरल जागिर भनेको सत्तारुढ हुनु हो । त्यहाँ पुगेपछि जान्नुपर्ने एउटै कला भनेको अर्तीशास्त्र हो । प्रधानमन्त्री नै यसको महारथी भइसकेपछि अरू मन्त्रीलाई झन् हाइसन्चो हुने भइगयो ।
तर नीतिशास्त्रमा सबैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरू राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् । जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएका नेताहरूको छातीले तक्मा थाप्यो । उनीहरूको कार्यशैलीमाथि प्रश्न धेरै छन, तर उत्तर छैन । भएको उत्तर पनि अपूरो छ ।
नेपालमा सबैभन्दा सरल जागिर भनेको सत्तारुढ हुनु हो । त्यहाँ पुगेपछि जान्नुपर्ने एउटै कला भनेको अर्तीशास्त्र हो । प्रधानमन्त्री नै यसको महारथी भइसकेपछि अरू मन्त्रीलाई झन् हाइसन्चो हुने भइगयो ।
तर दुई तिहाईका सदस्यहरू त्यही सजिलो जागिर खान पनि असफल हुँदै गएका छन् । सरकारले ल्याएका हरेक एजेन्डा आलोच्य हुनु र त्यो आलोचनाको प्रतिरोध गर्न नसक्नु जागिर धरापमा पर्दै गएको सूचक हो ।
जनताले संविधानप्रदत्त पाएको अधिकार समेत अदालतले धम्की दिएपछि मात्र सरकारका मुखियाहरूका लागि श्रवणीय विषय बन्छ । सत्तामा बस्नेलाई दुईवटा छुट छ । पहिलो राम्रो गर्ने, नसके नराम्रो भए पनि गर्ने । बीचको पेन्डुलम भएर बस्ने अधिकार राजनीति गर्नेलाई हुँदैन ।
सिद्धान्ततः महात्मा गान्धी सर्वप्रिय थिए । तर धनी र गरिब दुवैलाई फाइदा दिन खोज्दा उनको वाद निष्फल भयो । तर उनले सत्याग्रहमार्फत लिएको शान्तिको व्रत अविचल रह्यो । बलशाली अंग्रेजहरू पनि उनका अगाडि नतमस्तक भए ।
राणा र राजाले खाएको सलामी बहुदलका नेतालाई पनि उत्तिकै प्रिय लाग्यो । राणाले जुम्लाबाट मगाएर खाने कालो मार्सीको सम्मोहनले ७ दशकपछि भए पनि ओली र प्रचण्डलाई छोडेन । जब राज्यको चरित्रमा रुपान्तरण गर्ने साहस नेताहरूमा देखिँदैन भने कसरी समृद्धिको आयतन फराकिलो हुन्छ रु
गिरिजाप्रसाद, शेरबहादुर देउवाले गरेको गल्ती हामीले किन गर्नु नहुने रु यस्तो मनोविज्ञानले वर्तमानका मुखियाहरूलाई कहाँ लैजान्छ रु
गिरिजाप्रसाद, शेरबहादुर देउवाले गरेको गल्ती हामीले किन गर्नु नहुने रु यस्तो मनोविज्ञानले वर्तमानका मुखियाहरूलाई कहाँ लैजान्छ रु
गिरिजाप्रसादको ड्रेसकोड मात्र नभई प्रधानमन्त्री क्वार्टरबाट मुलुक चलाउने अशिष्ट गतिविधिलाई वर्तमान प्रधानमन्त्रीले समेत मलजल गरेका छन् । उनको कार्यालय त सिंहदरबार हो नि । त्यहाँ बसेर बाँकी २४ वटा मन्त्रालय उनैले चलाउनुपर्ने हो ।
प्रधानमन्त्री आफैँ कार्यालयमा नियमित हुने हो भने सिंहदरबारसम्मको सिपाही पनि अलर्ट हुन्छ ।
प्रधानमन्त्रीको कामलाई सजिलो बनाउन निर्माण गरिएको सचिवालय धान्न कति खर्च हुन्छ रु जब प्रधानमन्त्री नै खुराफातबाट माथि नउठेपछि त्यसको हिसाबकिताब कहाँ खोज्ने रु हाकिम नियमित बस्ने र नबस्ने सरकारी कार्यालयको हविगत आफैं छुटिन्छ ।
त्यसै पनि हाम्रो शासन प्रणाली साइकल चलाएजस्तै हो । हेन्डिल नियन्त्रणमा राखेर दायाँबायाँ हुन नदिने पाइडललाई मरुन्जेल पेल्ने । यसको मतलब हो, ठूलालाई खुसी बनाउने, तलकालाई सकेसम्म दबाउने । निरंकुश भनिएको राजा ज्ञानेन्द्रको शासनमा समेत उनी नियमित कार्यालय आएको रेकर्ड छ ।
यसरी नेपाली राजनीतिका नालायक पात्रहरूलाई फेरि सम्झिएर बरु तिनै ठीकको घडीमा पुग्नुपर्ने अवस्था आउनु भनेको यो धरामा औंसीको पर्खाइ हो । ठूला मानिस कम बोल्नुपर्छ । उनीहरू बोल्ने भनेको कामले हो ।
तर यहाँका ठूलाबडा सबैभन्दा बढी चटके छन् । प्रतिपक्षी र सत्तापक्षमा हुँदा गरिने कामका स्थायी अन्तरा छन् । तात्विक विषयवस्तुप्रति कसैको विवेचना छैन । सत्तारुढले सेतो भनेको कालो भन्नैपर्ने प्रतिपक्षीय धर्म एउटै लिक हिँडेको वर्षौं भइसक्यो ।
अरू त अरू दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्नेदेखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने शैलीमा समेत केही अन्तर देखिँदैन । फरक एउटा छ– कम्युनिस्ट मुठ्ठी कसेर अभिवादन गर्छन्, कांग्रेस हात जोर्छन् ।
कम्युनिस्ट र कांग्रेस सरकारमा हुँदा उनीहरूले लिने निर्णय, काम गर्ने ढर्रा, मन्त्रीहरूका बोलीबचन, अपराधमाथिको ढाकछोप, शक्तिको दम्भ एक इन्च फरक छैन ।
अरू त अरू दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्नेदेखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने शैलीमा समेत केही अन्तर देखिँदैन । फरक एउटा छ– कम्युनिस्ट मुठ्ठी कसेर अभिवादन गर्छन्, कांग्रेस हात जोर्छन् ।
हुन पनि हो नि, महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरूको नाउँ कहाँ छ रु रामायणमा ती सबै दानव र बाँदरहरूको नाम कहाँ छ रु सिंहदरबार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरूको नाउँ कहाँ छ रु धरहरा बनाउने सयौं कर्मीहरूको नाउँ कहाँ छ रु नाउँ छ त कौरव र पाण्डवहरूको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा ।
हुन पनि इतिहास जित्नेहरूको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।
जीवनको स्वाद प्रकृतिसँग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ ।
आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सुईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबोटमा अवतरण भइरहेछ ।
भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने रु मनबिनाको मान्छे र रोबोटबीच कति फरक होला रु
सायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरू शान्ति खोज्दै गंगाको किनारमा गेरु वस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरू संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् ।
आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्योभन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ ।
सात समुद्र पारिबाट आएका पर्यटकहरूले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्बिर उतार्छन् । तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं ।
मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ रु संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा होइन, जिब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले होइन, मनले ग्रहण गर्नुपर्छ ।
सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरू उहिरहेकै छन् । बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरू छन् । त्यही नजिक उठेका हिमालहरू छन् ।
अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झैँ हिमालयहरू छन् । रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियतिझैँ खुम्चिन र फक्रिन पुग्छ ।
दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरू बर्साइरहेका छन् ।
जति हेर्‍यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरू, सौन्दर्यकृत प्रकृतिका उपहारहरू त्यसैत्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने ऊर्जा प्रकृतिको अजस्र धारा हो, धारा ।
शिशिरको पतझड, वसन्तको पालुवा, वर्षातको झमझम् र शरदको स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नवीन अनुभूतिको आलोक खुलिरहन्छ ।
आशावादीहरूका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैँ नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरू पलाइरहन्छन् ।
यही इन्द्रेणी हो, कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो, संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैँ सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरू रचना भइरहन्छन् ।
कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ । सात समुद्र पारिबाट आएका पर्यटकहरूले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्बिर उतार्छन् । तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं ।
हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन ।
सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैँ निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस्, अब आफ्नै घर आँगनमा फुल्ने सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ ।
हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन ।
हो, मान्छे अब बाघ भालुबाट होइन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।

खुल्ला मञ्चबाट साभार

sanketkoirala07@gmail.com

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here