रायुजा न्युज डेक्स
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा रेलवेका महाप्रबन्धक गुरु प्रसाद भट्टराई र २ नम्बर प्रदेश प्रमुख तिलक परिवारका स्वकीय सचिव अनिल पासवानबीच भएको टेलिफोन संवाद विवादका कारण परियारले प्रदेश प्रमुख पद गुमाउन पुगेको अडकल नेताहरुले गरिरहेका छन् ।
रेलवे सञ्चालनका बारेमा जानकारी लिने क्रममा भट्टराई र पासवानबीच विवाद भएको थियो । यो वादविवादमा राजनीतिक घोचपेचदेखि अपहरण गर्नेसम्मको विषय उठेको थियो । अडियो सार्वजनिक भएसँगै प्रदेश प्रमुख पदमुक्त हुनुमा त्यही अडियो प्रकरण नै कारक भएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झा बताउँछन् ।
भट्टराईले ‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोलेको उक्त अडिओमा बोल्ने व्यक्ति प्रदेश प्रमुखको सचिवालयमा रहेकाले प्रदेश प्रमुखलाई हटाइएको झाको दाबी छ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । झाले शुक्रबारै शपथ लिएका छन् । राजेश अहिराजका रुपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए ।

यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार परेका थिए । भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए ।

यद्यपि परियारलाई अकस्मात, के कारणले पदमुक्त गरियो भन्ने नखुलाइएकाले त्यसको कारणहरु अनुमान भइरहेका हुन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । तर प्रदेश प्रमुख परियारलाई किन पदमुक्त गरियो भने खुलाइएको छैन ।
यता परियारलाई नेकपाको किचलोका कारण हटाइएको हुनसक्ने कारणबारे चर्चा भइरहेको छ । कुनै आशंका र पूर्वानुमान बिना पदमुक्त भएका परियारले नै आफूलाई राजनीतिक प्रतिशोध साध्न हटाइएको हुनसक्ने बताएका छन् । शेरबहादुर देउवाको सरकार हटेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए । त्यतिबेला पूर्वएमाले र पूर्वमाओवादी निकटहरूलाई भागबण्डा गरिएको थियो । त्यतीबेलै पूर्वमाओवादी कोटाबाट परियार प्रदेश प्रमुखमा नियुक्त गरिएका थिए । यस्तै, दलित भएकै कारण पदमुक्त गरिएको हुनसक्ने समेत परियारले प्रतिक्रिया दिएका छन् ।
प्रदेश प्रमुख पदमुक्त भएसँगै अन्ततः नेकपाको दुई समूहको टकराबले प्रदेश सरकार ढाल्ने मात्र होइन प्रदेश प्रमुख हटाउनेसम्मको परिणाम दिन थालेको छ । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोमा विरोध जनाएको छ भने दाहाल नेपनाल समूहले प्रदेश प्रमुख परिवर्तन गर्नु अराजनीतिक चरित्र भएको टिप्पणी गरेको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here