रायुजा न्युज डेक्स
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भए अमान्य हुने आशयको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले अदालतबाट त्यस्तो भएमा आन्दोलन गर्ने चेतावनी समेत दिए । विराटनगरमा शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधरहरुको प्रदशस्तरीय भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने बताएका छन् । नेकपाको प्रदेश १ कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने बताएका हुन्।
उनले भने, ‘यदि कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिहरूलाई पराजित गर्छौं ।’
उनले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई दिनेमा ढुक्क हुन पनि कार्यकर्तालाई विश्वास दिलाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला भएमा राजनीतिक गठजोड गर्नका लागि सांसदहरूको किनबेच, सरकार बनाउने र ढाल्ने जस्ताा फोहोरी खेल हुने प्रधानमन्त्रीको तर्क छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here