सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा शनिबार आयोजित निःशुल्क आँखा शिविरबाट करिब २ सय स्थानीय लाभान्वित भएका छन् भने ३८ जनाको निःशुल्क शल्यक्रिया हुने भएको छ ।
अन्धोपन निवारणका निम्ति मोरङसुनसरी सेवा समाज नेपालको आयोजना, सुन्दरहरैंचा नगरपालिकको व्यवस्थापन तथा गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, वडा प्र्रतिनिधि महेन्द्र लिम्बुसहितको उपस्थितिमा वडा नंं ११ को बेलेपुरमा सो आँखा शिविर सञ्चालन भएको थियो । गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा मोरङसुनसरी सेवा समाजको ब्यानरमा आर्थिक पहुँच नभएका तथा हिंडडुलमा असहज हुने ज्येष्ठ नागरिकका लागि अन्धोपन निवारणमा कार्यक्रम हुँदै १८ औं निःशुल्क आँखा शिविरमा आइपुगेको संस्थाका अध्यक्ष लोकबहादुर तामाङ बताउँछन् ।


मोरङसुनसरी सेवा समाजले आयोजना गरेका आँखा शिविरहरुमध्ये उत्साहजनक सहभागिता देखिएको १८ औं शिविरलाई तन, मन र धनले व्यवस्थिापन गर्न सुन्दरहरैंचा नगरपालिकाको योगदान महत्वपूर्ण रहेको छ । सो शिविरको सहयोगी संस्थाको रुपमा सुन्दरैंचा नगरपालिकामा सञ्चालित आत्मनिर्भर कृषि सहकारी संस्था रहेको अध्यक्ष तामाङले बताए ।
यसैगरी मोरङसुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङले मोरङसुनसरी सेवा समाज मुनाफारहित विशुद्ध सामाजिक संस्था भएको हुँदा शिविर आयोजना गरिएको क्षेत्रमा बसोबास गर्ने आँखाका रोगीहरु सबैको उपचार राम्रो होस् र सबैले संसार देखिरहने मौका पाईरहँुन भन्ने उद्देश्यका साथ स्वास्थ्य (आँखा) शिविर सञ्चालन गर्दै आईरहेको बताए । उनले मोरङसुनसरी सेवा समाज स्वदेश तथा विदेशमा मानविय सेवामा समर्पित हुँदै मोरङसुनसरी र यि जिल्ला भन्दा बाहिर आईपरेका राष्ट्रिय पीडामा सकेसम्म सहभागी हुँदै सहानुभूतिपूर्ण साथ र सहयोग उपलब्ध गराउँदै आएको बताए । दैविक विपत्तिदेखि पहुँच नहुने व्यक्तिको सानोतिनो उपचारका लागि समेत मोरङसुनसरी सेवा समाजले सहानुभूतिपूर्ण सहयोग गर्दै आईरहेको अध्यक्ष तामाङले बताए ।सो शिविरमा उपस्थित भएर आँखा जाँच गराउनु हुने सुन्दरहरैंचा वडा नं. ११ र आसपासका बासिन्दा, शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुन्दरहरैंचा नगरपालिका, आत्मनिर्भर कृषि सहकारी संस्था, कार्यक्रमलाई सफल बनाउन संस्थागत रुपमा लाग्नु हुने पदाधिकारी, पूर्व पदाधिकारी, सल्लाहकार लगायत मोसु सदस्यहरु र प्राविधिक सहयोगमा अमूल्य योगदान पु¥याउने चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन दिएका छन् ।
आयोजक संस्था मोरङसुनरी सेवा समाजको तर्फबाट पनि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थितिले कार्यक्रममा भरमग्दुर सहयोग पुगेको थियो ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here