रायुजा संवाददाता
विराटनगर । अन्ततः १ नम्बर प्रदेशका मुख्यमन्त्री शरध राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेश सभामा आज पेश भएको
छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव पेश भएको हो ।
प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रचण्ड–नेपाल पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोलाई अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई मुख्यमन्त्री राईले साथ दिएको कारण आफुँहरुले राईलाई साथ दिन नसकेको बताए । आफुँहरु प्रधानमन्त्रीको कदमका विरुद्व निरन्तर आन्दोलनमा रहेको उनको भनाई छ ।
मुख्यमन्त्री राईविरुद्व प्रचण्ड–नेपाल समूहले गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर, प्रधानमन्त्री ओली पक्षले निरन्तर प्रस्ताव अगाडि बढाउन असहयोग गर्दै आएको थियो ।
आइतबार पनि मुख्यमन्त्री राईले बैठक स्थगित गर्न दबाब दिँदै आएका थिए । तर, दबाबलाई स्वीकार नगरिएपछि उनको समूहले बैठक बहिस्कार गरेको थियो ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here