रायुजा न्युज डेक्स
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमपछि सडक संघर्षमा रहेका दाहाल–नेपाल समूहले कार्यकर्ता व्यवस्थापनमा नयाँ सम्झौता गरेका छन् ।
तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकता प्रक्रियामा ६०/४० मा रहेको हैसियत अहिले बढेर आधा आधामा पुगेको छ । यसरी हेर्दा माओवादी पक्षधर प्रचण्ड माथि चढ्दै गरेको देखिन्छ भने एमाले तल झर्दै गईरहेको छ । आज भएको ९ बुँदे सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच भएको सहमति अनुसार अब ५०/५० अर्थात आधा आधा कार्यकर्ता व्यवस्थापन हुने भएको छ ।
सो मापदण्डमा जनाइए अनुसार प्रदेश र जिल्लाका इन्जार्च, सहइन्चार्ज, सबै पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो, त्यहि पक्षबाट पूर्ती हुने एवं पदाधिकारीको छनौटमा वरिष्ठता,सक्रियता र क्षमतालाई ध्यान दिने भनिएको छ ।
त्यसैगरी विशेष परिस्थितिमा विशेष निर्णय बाहेक पार्टी कमिटी तथा जवसहरुमा बरियतामा अगाडि रहेका लाई प्राथमिकता दिने, साविक घटकको प्रतिनिधित्व सुनिश्चित गराउने, महिला तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने, स्थानीय कमिटीहरुको फेरबदल प्रदेश कमिटीलाई दिने । तर, पार्टी केन्द्रीय कमिटि, केन्द्रीय निकाय तथा जवसहरुको केन्द्रीय समिति बाहेक अन्यतहको निर्णय प्रदेश कमिटिले गर्ने । जनवर्गिय संगठनमा विधान अनुरुप सदस्यको मनोनय गर्ने तथा अपुग भएमा केन्द्रमा सुझाव पठाउने, जिम्मेवारी औचित्यपूर्ण हुनुपर्ने र पार्टी पंक्ति उत्साहित बनाउने निर्णय गरिनुपर्ने लगायतका मापदण्ड र आधारको अवलम्बन गरी रिक्त स्थानको पदपूर्ति गर्ने बताइएको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here