रायुजा संवाददाता
विराटनगर । प्रदेश १ लाई हर्न निषेधित नियमलाई कडाईका साथ लागु गर्न नरम र लचिलो भएर ट्राफिक प्रहरी चालक माझ उपस्थित भएको छ । आज १ नम्बर प्रदेशका विभिन्न सहरहरुमा ट्राफिक प्रहरीले नो हर्न आपतकालिन अवस्था बाहेक बजाउन नपाउने भन्दै चालकलाई नमस्कार गरेर सझाएका छन् । अब यो व्यवस्था लागु भए पछि पनि अनावश्यक हर्न बजाए कारवाही गरिने भएको छ । पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यायका अनुसार हर्न बजाएमा ५ सय देखि १५ सय सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो। सामान्य अवस्थामा पनि चालकले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न लागिएको हो। यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन। तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ।
प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिना बताउँछन् ।
यसैगरी मोरङको उर्लाबारीमा पनि उर्लाबारीमा ट्राफिक प्रहरीले चालकलाई नमस्कार गर्दै प्लिज जथाभावी हर्न नबजाइदिनूस् भनेको सुन्दा स्थानीयबासी दंग भए । अब भने ट्राफिक प्रहरीहरु बल्ल समुदायका भएछन भन्ने हेक्का उनीहरुमा पर्न गयो तर त्यो अनुनय विनय गरिएको प्रसँग आज नम्र भोलि कडा हुने ट्राफिक रणनीति थियो ।
उउर्लाबारीको पूर्व बस स्टेण्ड ट्राफिक प्रहरीको बिट अगाडी सोमबार बिहान ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण अचम्मित बने ।
ट्राफिक प्रहरीको नौलोशैली देखेर यात्रु तथा सर्वसाधारण केही भएको हो कि भनी भेला भए । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् । ट्राफिक प्रहरीले चालकहरूलाई प्रदेश १ ‘हर्न निषेधित क्षेत्र घोषणा’ क्षेत्र भइसकेको जनाउ दिँदै नमस्कार गरेका हुन् । ‘चालकहरूलाई कृपया हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेका हौं’ भनेर उर्लाबारी ट्राफिक प्रहरी पोष्टका प्रमुख टायमप्रसाद सिवाकोटीसहितको टोलीले भनेपछि यात्रु तथा सर्वसाधारण ‘एँ’ भन्दै बाटो लागे ।
सोमबार बिहान ठिक १० बजेतिर दमकबाट र पथरीतर्फबाट आएका बस, ट्रक लगायतका सवारी साधनका चालकहरूलाई नमस्कार गर्दै अनुरोध गरिएको थियो । जथाभावी हर्न बजाउँदा ध्वनि प्रदुषण भएर मानिसको स्वास्थ्यमा नै असर पुर्याउने भएकाले एक दिने सचेतना अभियान संचालन गरेको प्रहरी नायव निरीक्षक सिवाकोटीले बताए । उर्लाबारी लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई सचेतना फैलाउँदै आएको ट्राफिक जवान रोशन श्रेष्ठले जानकारी दिए । दिनुभयो । प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरीले एकसाथ सबै क्षेत्रमा १० बजे नै चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेको थियो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमातहतमा सम्पूर्ण ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको थियो । जसमा बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई पनि आग्रह गरिएको थियो । प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिना बताउँछन् ।
Very good quality, real hair, affordable price