–खगेन्द्र कार्की
२०६९/०७० मा सम्झौता भई सुरु भएको विराटनगर–इटहरी–धरानको ६ लेनको सडक मर्मतमा व्यापक लापरवाही सहित सुस्त देखिएको छ ।

मापदण्डविपरित मनलाग्दी ढंगबाट काम हुने गरेका कारण उक्त सडक खण्डमा काम गर्ने, व्यापार व्यवसाय गर्ने र स्थानीयबासीहरु मर्कामा मात्र परेका छैनन उनीहरुको स्वास्थ्यमा समेत गम्भिर खेलवार्ड भएको छ । जसोतसो बल्ल विराटनगर क्षेत्रभित्रका बाटोहरु चिल्ला र ठूला देखिए पनि सुनसरी तर्फबाट फरक फरक मापदण्डमा काम भईरहेका छन् । कहिँ साँघुरो पारिएको छ त कहिँ फराकिलो चौडा रहेको छ ।

त्यति हुँदा पनि चुप लागेका सर्वसाधारण यति लामो समय सम्म पनि उक्त बाटोको निर्माण कार्य सम्पन्न गर्नेतिर नगई सुस्तता आलटाल मात्र गरिरहेको अवस्थाले गर्दा स्थानीयबासी आफ्नो स्वास्थ्य सुरक्षामा आफै लाग्नु भन्दै स्वतस्फुर्त सडकमा उत्रिएर बाटो नै अवरुद्ध गर्न बाध्य भएका छन् । सुनसरीको  इटहरी बजार क्षेत्रमा मंगलबार ठाउँ ठाउँमा बास तेस्र्याएर उनीहरुले बाटो निर्माण कार्य सम्पन्न गर्न तदारुकता नदेखाए बाटो नखोल्ने चोतावनी समेत दिएका छन् । यति लामो समयसम्म बाटो नबन्दा र आफ्नो नगरक्षेत्रका स्थानीयबासीको स्वास्थ्य, जनजीविका समेत गम्भिर असर परेको हेक्का स्थानीय सरकारलाई भए पनि सडक विभागको काम भन्दै पन्छिँदै आइरहेको र आफ्ना जनताको सुरक्षामा कुनै किसिमको पहल समेत नगरेको स्थानीयको गुनासो रहिआएको छ ।

मुख्य बजारमा स्थानीयबासी तथा व्यसायीहरुबाट गरिएको विरोधको मारमा लामो दुरीका यात्रु मारमा परेका छन् । पैदल यात्री तथा लामो दुरीको यात्रा गरिरहेकाहरुलाई भने मार परेको भए पनि अत्यावश्यक वस्तुका गाडीहरु भने छोडिने गरेका छन् ।

निर्माणको ठेक्का पाएका ठेक्केदारहरूले वातावरणीय सुरक्षाका लागि धुलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने र समयमा काम नगरेकाले यस्तो अवस्था आएको हो । सरकारले आवश्यक बजेट, मापदण्डअनुसारको जग्गा उपलब्ध नगराउनु, सडकमा परेको विद्युतीय पोल, खानेपानीको संरचना र रुख हटाउन समय लाग्ने र सम्बन्धित कार्यालयसँग समन्वयको अभावले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा ढिलाइ भएको योजनाविदहरु बताउँछन् । विकासको नामबाट दुषित वातावरण बनाउने र मानविय संकट उत्पन्न गराउन मद्दत पुग्ने यस्ता विकासका कामहरु तदारुकताका साथ चाँडै सक्नुपर्नेमा बजेट सकाउने काम भईरहेको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here